Logo

नाट्टा निर्वाचनमा त्रिपक्षीय भिडन्त


नेपाल एशोसिएशन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनमा त्रिपक्षीय भिडन्त हुने भएको छ। निर्वाचन कार्यतालिका अनुसार आज विहीबार उम्मेदवारी फिर्ता नभएपछि त्रिपक्षीय भिडन्त निश्चित भएको हो।

संघको ५३ औं साधारण सभाबाट हुने केन्द्रीय कार्यसमितिको निर्वाचनमा अध्यक्षको लागि नेकपा निकट भीम प्रसाद पन्त चुनावी मैदानमा छन् भने कांग्रेस निकट मिहिका राज्यलक्ष्मी शाह धाख्वा र अच्युत गुरागाईंको छुट्टाछुट्टै प्यानल बनेको छ।

पन्तको प्यानलबाट वरिष्ठ उपाध्यक्षमा विनय बस्नेत, उपाध्यक्षमा वरुण मेहेता, महासचिवमा सुधिर कुमार उपाध्यय पौडेल, सचिवमा जिस्वान तुलाधर श्रेष्ठ र कोषाध्यक्षमा हरिभक्त श्रेष्ठले चुनाव लड्दै छन्।

त्यस्तै शाहको प्यानलबाट वरिष्ठ उपाध्यक्षमा नारायण प्रसाद गुरुङ, उपाध्यक्षमा रमेश थापा, महासचिवमा कमला गुरुङ, सचिवमा अमृत कुमार ढकाल र कोषाध्यक्षमा देवकी गुरुङ रहेका छन्।

अच्युत गुरागाईको प्यानलबाट भने वरिष्ठ उपाध्यक्षमा हेमराज बास्तोला, उपाध्यक्षमा यज्ञमूर्ति आचार्य, महासचिवमा राकेश धमला, सचिवमा गोविन्द दाहाल र कोषध्यक्षमा कुमार थपलिया रहेका छन्।

संघको ५३ औं साधारण सभा तथा निर्वाचन माघ ३ मा हुने अध्यक्षका उम्मेदवार भिम प्रसाद पन्थले जानकारी दिए।

प्रकाशित मिति : मंगलवार, २९ पुष २०७६ ०९:१८
प्रतिक्रिया दिनुहोस्
24/7 Live Streamživé statistikyinformazioni Crazy TimeCoin Flip bonusvanliga frågorwatch live statsRoyal Reels mobileWingaga CZ