Logo

बीएण्डसीका सञ्चालक प्रसाईविरुद्ध पक्राउ पुर्जी जारी


काठमाडौँ । बीएण्डसी मेडिकल कलेजका सञ्चालक दुर्गा प्रसाईविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । जिल्ला अदालत भक्तपुरले प्रसाईलाई पक्राउ गर्न अनुमति दिएको हो ।

चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष श्रीकृष्ण गिरीले जिल्ला प्रहरी कार्यालय भक्तपुरमा प्रसाईविरुद्ध अभद्र व्यवहारमा उजुरी दिएका थिए । सोही उजुरीअनुसार अदालतले प्रसाईलाईलाई पक्राउ गर्न अनुमति दिएको हो ।
गिरीले प्रसाईविरुद्ध जिल्ला अदालत काठमाडौँमा पनि मानहानीको मुद्दा दायर गरेका छन् । अदालतको अनुमति लगत्तै प्रहरी भक्तपुरस्थित उनको निवासमा पुगेपनि उनी भने नभेटिएको प्रहरीले जनाएको छ ।
पुस २३ मा पत्रकार सम्मेलन गरेर प्रसाईले आफ्नो मेडिकल कलेजलाई सम्बन्धन दिन गिरीले माफूसँग २० करोड घुस मागेको आरोप लगाएका थिए ।
लगत्तै गिरीले पनि पत्रकार सम्मेलन गरेर आरोप झूटो भएको भन्दै त्यसविरुद्ध कानुनी उपचार खोज्ने बताएका थिए ।
प्रकाशित मिति : बिहीबार, २ माघ २०७६ १३:२३
प्रतिक्रिया दिनुहोस्