Logo

पूर्वसभामुख महराको आज अन्तिम सुनुवाइ


काठमाडौं, फागुन ४ । बलात्कार आरोपमा पुर्पक्षका लागि जेलमा रहेका पूर्वसभामुख कृष्णबहादुर महराको मुद्दामा आज अन्तिम सुनुवाइ भइरहेको छ ।

काठमाडौं जिल्ला अदालतका न्यायाधीश अम्मरराज पौडेलको इजलासमा आज मुद्दाको सुनुवाइ भइरहेको छ । अहिले महरा पक्षका वकिलहरूले बहस गरिरहेका छन् । बहस सकिए आजै फैसला आउने बताइएको छ ।

संसद सचिवालयमा कार्यरत एक महिला कर्मचारीमाथि जबरजस्ती करणी प्रयास गरेको आरोपमा महरा असोज १९ गते पक्राउ परेका थिए । महरालाई १८ कात्तिकमा डिल्लीबजार कारागार चलान गरिएको थियो ।

पुर्पक्षका लागि थुनामा राख्ने जिल्लाको आदेशविरुद्ध महरा ५ मंसिरमा उच्च अदालत गएका थिए ।

प्रकाशित मिति : आईतवार, ४ फाल्गुन २०७६ १२:५५
प्रतिक्रिया दिनुहोस्