Logo

सुनको मूल्यमा उच्च बृद्धि, प्रतितोला ८० हजार ७०० रुपैयाँ पुग्यो


बुधबार उच्च रुपले बढेर ऐतिहासिक रेकर्ड कायम गरेको सुनको मूल्यले फागुन २२ गते बिहीबार फेरि नयाँ रेकर्ड कायम गरेको छ ।

यसदिन सुनको मूल्य तोलामा २०० रुपैयाँले बढेर छापावाला सुन प्रतितोला ८० हजार ७०० रुपैयाँमा र तेजावी सुन प्रतितोला ८० हजार ४०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यो हालसम्मकै उच्च उच्च मूल्य हो ।

फागुन २१ गते बुधबार सुनको मूल्य एकैदिन २ हजार २०० रुपैयाँले बढेर ८० हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।

बिहीबार अन्तराष्ट्रिय बजारमा सुनको मूल्य प्रतिअउन्स एक हजार ६४१.३५ डलरमा कारोबार भइरहेको छ ।

बिहीबार चाँदीको मूल्य भने स्थीर रहेको छ । यसदिन चाँदीको मूल्य बुधबारकै मूल्य अर्थात् प्रतितोला ८८० रुपैयाँमा कारोबार भइरहेको छ ।

बुधबार चाँदीको मूल्य प्रतितोला २० रुपैयाँले बढेको थियो ।

प्रकाशित मिति : बिहीबार, २२ फाल्गुन २०७६ १२:५९
प्रतिक्रिया दिनुहोस्