Logo

११६ बर्सिया लामिछानेलाई प्रदेश सासंद मैनालीले गरे २५ हजार सहयोग


नुवाकोट, २५ फाल्गुण- जेष्ठ नागरिक बाटुली लामिछानेलाई प्रदेश सासंद बद्री मैनालीले पच्चिस हजार नगद प्रदान गरेका छन् । सासंद मैनालीले नियमित सहयोग अन्तर्गत लामिछानेलाई उक्त रकम हस्तान्तरण गरेका हुन । यस अघि देखी नै उनले मासिक ५ हजारका दरले लामिछानेलाई सहयोग गर्दै आएका छन् । अन्तरराष्ट्रिय श्रमिक नारी दिवसको दिन उनले पाच महिना बराबरको सहयोग रकम एक मुष्ठ प्रदान गरेका हुन ।

समाजसेवामा अब्बलता प्रस्तुत गर्दै आएका मैनालीले थानसिंग आपचौरकी ११६ बर्षिया वयो बृद्धा बाटुली लामिछानेलाइ आफू पदमा बाहल रहँदासम्म मासिक ५ हजार दिने घोषणा गरेका थिए । गत श्रावणबाट उनले लामिछानेलाइ सहयोग प्रदान गर्दै आएका छन ।

त्यस्तै सांसद मैनालीले नुवाकोटका मृगौला रोग पिडित अनेरास्ववियुका पूर्व अध्यक्ष केदार पुडासैनीको उपचारको लागि रु २५ हजार रुपैया आर्थिक सहयोग गरेका थिए । सांसद मैनालीले बेला बेलामा अन्यलाई समेत सहयोग गर्दै आईरहेका छन् ।

प्रकाशित मिति : आईतवार, २५ फाल्गुन २०७६ १८:४०
प्रतिक्रिया दिनुहोस्