Logo

कतारका लागि रोकियो श्रम स्वीकृति, भिसा सेन्टर बन्द


काठमाडौं । सरकारले वैदेशिक रोजगारीका लागि कतार जानेका लागि श्रम स्वीकृति दिन मंगलवारदेखि बन्द गरेको छ ।

कतार सरकारले नेपालसहित १४ देशका नागरिकलई अर्को व्यवस्था नभएसम्मका लागि प्रवेशमा रोक लगाएसँगै वैदेशिक रोजगार विभागले श्रम स्वीकृति दिन बन्द गरेको हो ।

विभागअन्तर्गतको ताहचलस्थित श्रम कार्यालयका प्रमुख उमेश बस्नेतले कतार सरकारले नेपाली श्रमिकलाई प्रवेशमा रोक लगाएकाले त्यहाँ जानेलाई तत्काल स्वीकृतिका लागि रोक लगाइएको जानकारी दिए ।

उनले कतार सरकारले फुकुवा नगरेसम्म नेपाल सरकारले कतार जानेको श्रम स्वीकृतिका लागि स्वीकृति नदिने बताए । गोरखापत्र दैनिकमा खबर छ ।

प्रकाशित मिति : बुधबार, २८ फाल्गुन २०७६ ०६:३०
प्रतिक्रिया दिनुहोस्