Logo

कोरोनाबिरुद्द सार्क: आपतकालीन कोष स्थापना, भारतले १ करोड डलर दिने


काठमाडौं । सार्क राष्ट्रहरुमा कोरोना भाइरसको रोकथाम गर्नका लागि आपतकालीन कोष स्थापना गरिएको छ । अहिले जारी सार्क भिडियो कन्फ्रेन्समा बोल्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आपतकालिन कोषको स्थापना गर्ने घोषणा गरेका हुन् । उनले भारतको तर्फबाट एक करोड अमेरिकी डलर दिने घोषणासमेत गरे ।
माेदीले उक्त कोषमा सदस्य मुलुकले स्वेच्छाले रकम थप्न सक्ने प्रस्ताव गरेका छन् । संभावित भाइरसमा हुनसक्ने स्थानमा एकीकृत रोग निगरानी पोर्टल स्थापना गर्न यो रकम खर्च गरिने मोदीले बताएका छन्।

छलफलमा बंगलादेश, पाकिस्तान र मान्दिभ्सले सार्क परराष्ट्रमन्त्रीहरुको पनि भिडियो कर्न्फेन्स गर्न र विश्व स्वास्थ्य संगठन जस्ता एजेन्सीहरुलाई पनि छलफलमा सहभागी गराउन प्रस्ताव गरेका थिए । साथै सबैले कोभिड १९ को संक्रमणबाट जोगिन सार्क राष्ट्रहरुबीच सहकार्य गर्नुपर्नेमा जोड दिएका छन् ।

प्रकाशित मिति : आईतवार, २ चैत्र २०७६ १९:३८
प्रतिक्रिया दिनुहोस्