Logo

कोरोना भाइरसको लागि अमेरिकाले बनाएको परीक्षण खोप लगाउन सुरु


कोरोना भाइरसबाट मानिसलाई बचाउन पहिलोपटक विकास गरिएको परीक्षण खोप लगाउन सुरु गरिएको छ।अमेरिकास्थित बायोटेक्नोलोजी कम्पनी मोडेर्ना थेराप्युटिक्स र नेसनल इन्स्टिच्युट अफ हेल्थले संयुक्त रूपमा उत्पादन गरेको खोपको सोमबार परीक्षण (क्लिनिकल ट्रायल) सुरु गरिएको अमेरिकी स्वास्थ्य अधिकारीले जानकारी दिएका छन्।

समाचार एजेन्सी एसोसिएटेड प्रेसका अनुसार अमेरिकाको वासिङ्टनअन्तर्गत सिएटल सहरस्थित काइजर परमानेन्ट अनुसन्धान केन्द्रमा ४ जनालाई परीक्षण खोप लगाइएको हो।

जसअन्तर्गत सबभन्दा पहिले २ सन्तानकी आमा ४३ वर्षीया जेनिफर हालेरलाई खाेप दिइएकाे समाचार संस्था एपीले जनाएको छ।

खोप लगाएपछि उनले भनेकी छन्, ‘यो मेरा लागि केही गर्न उत्साहजनक अवसर हो।’

एमआरएनए-१२७३ नाम दिइएको यो खोपले भाइरसको संक्रमणबाट जोगाउने वा रोगविरुद्ध लड्ने क्षमता बढाउने अनुसन्धानकर्ताले दाबी गरेका छन्।

तर खोपले काम गर्छ कि गर्दैन भनेर थाहा पाउन अझै केही महिना लाग्ने अनुसन्धानकर्ताले बताएका छन्।

परीक्षण खोप लगाउन स्वस्फूर्त रूपमा ४५ जना तयार भएको अमेरिकाका स्वास्थ्य अधिकारीले जानकारी दिएका छन्।

समाचार संस्था एपीका अनुसार अमेरिकाको नेसनल इन्स्टिच्युट अफ हेल्थले कोरोना भाइरसविरुद्ध खोप परीक्षणको व्यवस्था मिलाएको हो।

प्रकाशित मिति : मंगलवार, ४ चैत्र २०७६ १०:११
प्रतिक्रिया दिनुहोस्
24/7 Live Streamživé statistikyinformazioni Crazy TimeCoin Flip bonusvanliga frågorwatch live statsRoyal Reels mobileWingaga CZ