Logo

कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १३ हजार नाघ्यो, एकै दिन १६ सय ३८ को मृत्यु


विश्वभर कोरोना भाइरस (कोभिड-१९) संक्रमणबाट मृत्यु हुनेको संख्या १३ हजार नाघेको छ।

आइतबार बिहानसम्मको तथ्यांकअनुसार कोरोनाबाट विश्वभर १३ हजार २५ जनाले ज्यान गुमाएका छन्।

कोरोना भाइसका कारण इटालीमा गएको २४ घन्टामा मात्रै ७ सय ९३ जनाको मृत्यु भएको । यो संख्या एकैदिन भएको मृत्युमा अहिलेसम्मकै सबैभन्दा धेरै भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन्।

यो सँगै इटालीमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ४८ सय २५ पुगेको छ। त्यहाँ अहिलेसम्म ४२ हजार ६ सय ८१ जना संक्रमित उपचारको क्रममा छन्।

इटालीमा कोरोना संक्रमण तिब्र गतिमा फैलिँदै गएको छ। अहिलेसम्म विश्वका १८८ देशमा कोरोना संक्रमण फैलिइसकेको छ।

त्यसैगरी गएको २४ घन्टामा स्पेनमा २८५, अमेरिकामा ६८, इरानमा १२३, फ्रान्समा ११२, युकेमा ५६ जनाले ज्यान गुमाएका छन्।

त्यसैगरी अहिलेसम्म अमेरिकामा ३२४, स्पेनमा १३ सय ७८, इरानमा १५ सय ५६, फ्रान्समा ५६२, चीनमा ३२ सय ५५ जनाले ज्यान गुमाएका छन्।

आइतबार बिहानसम्म कोरोनाबाट विश्वभरि ३ लाख ६८ हजार ९२ जना संक्रमित भएका छन्। गएको २४ घन्टामा कोरोनाबाट विश्वर १६ सय ३८ जनाको ज्यान गएको छ।

विश्वभर हालसम्म ९४ हजार सात सय ९८ जना संक्रमित उपचारपछि निको भएका छन्।

प्रकाशित मिति : आईतवार, ९ चैत्र २०७६ ०७:२७
प्रतिक्रिया दिनुहोस्