Logo

सरकारी कर्मचारीहरुले बिदा नपाउने


काठमाडौं । कोरोनाको जोखिम बढ्दै गइरहेका बेला सरकारी कर्मचारीहरुले बिदा नपाउने भएका छन् । आइतबार बसेको मन्त्रिपरिषदको बैठकले सरकारी तथा सार्वजनिक संस्थानका कर्मचारीहरुले विदा नलिई नियमित काम गर्नुपर्ने स्पष्ट पारेको छ ।

मन्त्रिपरिषदका निर्णयहरुको जानकारी दिँदै सरकारका प्रवक्तासमेत रहेका सूचना प्रविधि एवं अर्थमन्त्री डा. युवराज खतिवडाले सरकारी कर्मचारीहरु नियमित काममा खटिने बताए ।

मन्त्री खतिवडाले भने, केही अन्यौल थिए, तर सरकारी कर्मचारीले नियमित काम गर्नुपर्ने स्पष्ट पारिएको छ ।

प्रकाशित मिति : आईतवार, ९ चैत्र २०७६ २१:३३
प्रतिक्रिया दिनुहोस्