Logo

दुई वर्षभित्र सोलुखुम्बुलाई अध्यारो मुक्त बनाउन सांसद राईको पहल


सोलुखुम्बु । आगामी दुई वर्षभित्र सोलुखुम्बुलाई अध्यारोमुक्त बनाउनका लागि संघीय सांसद हेमकुमार राई ‘शुरबीर’ले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङसँग भेट गरी छलफल गर्नुभएको छ ।
निर्देशक घिसिङसँगको भेटमा जिल्लाको समग्र उर्जा क्षेत्र तथा स्थानीय स्तरमा सञ्चालित लधु जलविधुतको ब्यवस्थापन विषयमा समेत छलफल भएको सांसद राईको सचिवलयले जनाएको छ ।

घिसिङसङ्गको भेटमा सांसद राईसहित नेकपा केन्द्रीय सदस्य शिवबहादुर बस्नेत (राजेन्द्र), जिल्ला संमन्वय समितिका प्रमुख विरकुमार राई, थुलुङ दुधकोशी गाँउपालिका अध्यक्ष असिम राई, युबा संघका केन्द्रीय सदस्य हेम चन्द्र राईलगायतको सहभागिता रहेको थियो ।

यसैबीच, सोलुखुम्बु जिल्लालाई आर्थिक वर्ष २०७७/०७८ मा ग्रामिण विद्युतिकरणका लागि ८ करेड बजेट बिनियोजन भएको सांसद राईको सचिवलयले जनाएको छ । सांसद राईको सचिवलयकाअनुसार विद्युतकिरणको कामलाई प्राथमिकताका साथ अघि बढाउनको लागि टेन्डर प्रक्रिया भैरहेको छ ।

 

प्रकाशित मिति : सोमबार, ५ श्रावण २०७७ ११:३६
प्रतिक्रिया दिनुहोस्
24/7 Live Streamživé statistikyinformazioni Crazy TimeCoin Flip bonusvanliga frågorwatch live statsRoyal Reels mobileWingaga CZ