Logo

रिलायन्स लाइफको आईपीओको प्रि अलोटमेण्ट सम्पन्न


रिलायन्स लाइफ इन्स्योरेन्सको आईपीओ योग्य आवेदकमध्ये साढे २० हजार जनाले नपाउने भएका छन्। कम्पनीको आईपीओको अन्तिम तथ्यांक अनुसार २० हजार ५०९ जनाले आइपीओ नपाउने भएका हुन्।कम्पनीको आईपीओ शुक्रबार प्रि अलोटमेण्ट भएको हो ।

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्ध सानिमा क्यापिटलका अनुसार आईपीओमा ५ लाख ८९ हजार ४६४ जनाले आवेदन दिएका थिए। त्यसमध्ये एक हजार ९५५ वटा आवेदनहरु रद्द भएका छन् भने बाँकी ५ लाख ८७ हजार ५०९ वटा आवेदन स्वीकृत भएका छन्।

कम्पनीले कुल ६३ करोड रुपैंया बराबरको ६३ लाख कित्ता शेयर निष्काशनमा ल्याएको थियो। त्यसमध्ये सामूहिक लगानी कोषहरुका लागि ३ लाख १५ हजार कित्ता र कर्मचारीहरुका लागि पनि ३ लाख १५ हजार कित्ता शेयर छुट्याएर बाँकी रहेको ५६ लाख ७० हजार कित्ता शेयर सर्वसाधारणका लागि निष्काशन गरेको थियो।

धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका अनुसार योग्य आवेदकलाई न्युनतम १० कित्ताका दरले वितरण गर्दा ५ लाख ६७ हजार जनाले मात्रै कम्पनीको शेयर पाउनेछन्। बाँकी २० हजार ५०९ जनाको भने खालि हात हुनेछ।

इन्स्योरेन्सको आईपीओ ४.०४ गुणा बढी आवेदन परेको थियो ।

प्रकाशित मिति : शुक्रबार, १२ भाद्र २०७७ १४:५२
प्रतिक्रिया दिनुहोस्
24/7 Live Streamživé statistikyinformazioni Crazy TimeCoin Flip bonusvanliga frågorwatch live statsRoyal Reels mobileWingaga CZ