Logo

माप्य दुधकोशी गाउँपालिकाविरुद्ध भ्रष्टाचार मुद्धा परेको प्रचारबाजीप्रति आपत्ति


सोलुखुम्बु, १८ भदौं । माप्य दुधकोशी गाउँपालिका र गाउँपालिकाका अध्यक्षविरुद्ध भ्रष्टाचार मुद्धा परेको समाचार तथा भ्रामक प्रचारबाजीप्रति सो मुद्धा हाल्ने व्यक्ति भनिएका चारै जना वडा अध्यक्षहरुले आपत्ति जनाएका छन् । वडा नम्बर ३ का अध्यक्ष नारायणकाजी कार्की, वडा नम्बर ५ का अध्यक्ष निमराज तामाङ, वडा नम्बर ६ का अध्यक्ष दिनेश कुमार राई र वडा नम्बर ७ का अध्यक्ष सगुजित राईले त्यसमा आफुहरुको कुनै संलग्नता नरहेको भन्दै आपति जनाएका हुन् ।

माप्य दुधकोशी गाउँपालिकाका प्रवक्ता तेजबहादुर थापा मगरद्धारा जारी प्रेस विज्ञप्तीमार्फत गत आर्थिक वर्षमा परेको उजुरीलाई नै आधार मानी भ्रम सिर्जना गर्नेगरी केही अनलाईले समाचार प्रकाशन गरेको र त्यसमा वडा अध्यक्षहरुको संलग्नता नरहेको स्पष्ट पारिएको छ । सो विज्ञप्तीमामार्फत गाउँपालिकामा कुनैपनि अनियमितता नभएको र गाउँपालिकाको केन्द्रको मुद्धासमेत फिर्ता लिई गाउँपालिकाको सर्वांगीन विकासका लागि एक ढिक्का भएर समृद्ध गाउँपालिका निर्माणमा सम्पूर्ण जनप्रतिनिधि तथा विकासपे्रमी समुदाय लागिपरेको अवस्थामा गलत प्रचार गरिएको भन्दै त्यसरी भ्रम सिर्जना गर्नेलाई कानुनबमोजिम कडा भन्दा कडा कारवाही गरिनुपर्ने माग गरिएको छ ।

‘केही दिन अघि एक अनलाईन पत्रिकामा प्रकाशित समाचार र सामाजिक सञ्जालमा व्यक्तिको चरित्र हत्या र सिंगो गाउँपालिकाको गलत प्रचार गर्नेगरी भएका गतिविधिप्रति गम्भिर ध्यानाकर्षण भएको छ’, विज्ञप्तीमा लेखिएको छ ‘उक्त अनलाईन पत्रिकाको समाचार र समाजिक सञ्जालका भ्रामक प्रचार हेर्दा अध्यक्षको मानमर्दनमा आँच पुर्‍याउने, राजनीतिक पूर्वाग्रह र गलत मनसायले गरिएको प्रष्ट देखिन्छ ।’

गाउँसभाले पारित गरेको गाउँपालिकाको नीति, कार्यक्रम र बजेटको अधिनमा रही हरेक योजना र कार्यक्रम समन्वयात्मक ढंगले पारदर्शी रुपमा कार्यान्वयन गरिएको विज्ञप्तीमार्फत स्पष्ट पारिएको छ । ‘ऐन, कानुनको अधिनमा रही विधिअनुरुप उपभोक्ता समिति गठन गरी योजनाको अनुगमनदेखि योजनाको फरफारकसमेत वडा अध्यक्षको अनुगमन र किटानी सिफारिस साथै उपाध्यक्षको संयोजकत्वमा रहेको अनुगमन समितिको प्रतिवेदनको आधारमा मात्र गरिदै आएको छ’ विज्ञप्तीमा स्पष्ट पारिएको छ ।

जनचाहानाअनुसार विकासले फड्को मार्दै गरेको अवस्थामा विखण्डीत मानसिकता भएका व्यक्तिहरुलाईसमेत जनताको पक्षमा रहेर आफ्नो गतिविधि अगाडि बढाउन सबैमा गाउँपालिकाले अनुरोध गरेको छ ।

प्रकाशित मिति : शुक्रबार, १९ भाद्र २०७७ १३:०९
प्रतिक्रिया दिनुहोस्
24/7 Live Streamživé statistikyinformazioni Crazy TimeCoin Flip bonusvanliga frågorwatch live statsRoyal Reels mobileWingaga CZ