Logo

‘समृद्ध नेपाल, सुखी नेपाली’ का लागि कर्मचारीले इमान्दारिताका साथ आफ्नो जिम्मेवारी बहन गर्नुपर्नेमा संघीय सांसद राईको जोड


संघीय सांसद हेमकुमार राई (सुरवीर)ले समृद्ध नेपाल सुखी नेपाली भन्ने वर्तमान सरकारको नारालाई सार्थक तुल्याउन कर्मचारीले इमान्दारिताका साथ आफ्नो जिम्मेवारी बहन गर्नुपर्नेमा जोड दिनुभएको छ । १७औं निजामती सेवा दिवसको अवसरमा नेपाल निजामती कर्मचारी सङ्गठन नेचासल्यानले सोलुखुम्बुको नेचासल्यानमा आयोजना गरेको ‘छलफल तथा वृक्षारोपन’ कार्यक्रमलाई सम्बोधन गर्दै सांसद राईले सुशासन र भ्रष्टचारमुक्त समाज आजको पहिलो आवश्यकता भएको बताउनुभयो ।

उहाँले अहिलेसम्म निजामती कर्मचारीले गरेको राम्रो कामको प्रशंसा गर्दै उच्च मनोबलका साथ काम गर्न आग्रहसमेत गर्नुभयो । कार्यक्रममा सांसद राईले सरकार समृद्ध नेपाल निर्माण गर्न लागि परेको भन्दै कर्मचारी र जनप्रतिनिधि मिलेर सरकारको लक्ष्य पूरा गर्न लाग्नुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रम सुरु हुनु पर्व नै गाउँपालिकामा बृक्षरोपन कार्यक्रम सम्पन्न भएको थियो ।

प्रकाशित मिति : मंगलवार, २३ भाद्र २०७७ १७:०३
प्रतिक्रिया दिनुहोस्
24/7 Live Streamživé statistikyinformazioni Crazy TimeCoin Flip bonusvanliga frågorwatch live statsRoyal Reels mobileWingaga CZ