Logo

कांग्रेसका महामन्त्री शंशाक कोइरालालाई कोरोना संक्रमण


काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री शंशाक कोइरालामा कोरोना संक्रमण देखिएको छ ।

स्वास्थ्यमा समस्या देखिएपछि कोइरालाले सोमवार ह्याम्स अस्पतालमा कोरोना परीक्षणका लागि स्वाब दिएका थिए । सोमवार बेलुकी आएको रिपोर्टमा कोरोना पोजेटिभ देखिएपछि पुनः उनको स्वाब परीक्षण गरिएको थियो ।अस्पतालले कोइरालालाई दोस्रो रिपोर्टका बारेमा भने जानकारी गराएको छैन ।

कोइरालामा सामान्य ज्वरो देखिएको बताइएको छ । सिटामोल खाएपछि ज्वरो पनि घटेको बताइएको छ ।

ह्याम्स अस्पतालले कोइरालालाई कोरोना संक्रमण भएकोबारे आधिकारिक जानकारी नदिएको सचिवालयले जनाएको छ ।

अस्पतालले रिपोर्ट दिएपछि यसबारेमा पत्रकार सम्मेलन गरेर जानकारी गराइने कोइरालाका सहयोगी भरत तिवारीले बताए ।

प्रकाशित मिति : बुधबार, २४ भाद्र २०७७ १२:४२
प्रतिक्रिया दिनुहोस्