Logo

ओर्लाङघाटस्थित माप्य–खुम्बु मितेरी मोटरेबल पुलको उद्घाटन मिति तय, यस्तो बन्यो पुल !


सोलुखुम्बु । विश्वको सर्वोच्च शिखर सगरमाथा क्षेत्रलाई सिधा जोड्ने ओर्लाङघाटमा निर्मित माप्य–खुम्बु मितेरी मोटरेबल पुलको औपचारिक उद्घाटन आगामी मंसिर ६ गते हुने भएको छ । गत बैशाखमा निर्माण सम्पन्न भएपनि कोभिड–१९ (कोरोना भाइरस)का कारण उत्पन्न समस्या तथा वर्खायामलगायतका कारण पुलको उद्घाटनमा केही ढिला भएको हो ।

प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईले पुलको उद्घाटन गर्ने कार्यक्रम तय भएको माप्य दुधकोशी गाउँपालिका अध्यक्ष बुद्धिकिरण राईले जानकारी दिनुभयो । अध्यक्ष राईकाअनुसार उद्घाटन समारोहमा मुख्यमन्त्री राईसँगै सोलुखुम्बुबाट निर्वाचित प्रतिनिधि सभा सदस्य हेमकुमार राई (सुरबीर), प्रदेश नम्बर १ का अर्थमन्त्री इन्द्र आङ्बो, प्रदेश नम्बर १ नेकपा संसदीय दलका प्रमुख सचेतकसमेत रहेका प्रदेस सभा सदस्य बुद्धिकुमार राजभण्डारी, प्रदेश सभा सदस्य उत्तमकुमार बस्नेत, जिल्ला समन्वय समिति सोलुखुम्बुका प्रमुख बीरकुमार राईलगायतको विशेष उपस्थिति रहने कार्यक्रम छ ।

इभिडिङ प्रणालीबाट टेण्डर गरिएकोमा जलप नेपाल नामक कम्पनीले ठेक्का पाएर पुल निर्माणको काम सम्पन्न गरेको हो । पुलको इन्जिनियरिङको पाटो ठेकेदार कम्पनीमार्फत नै गरिएको हो भने कन्सल्ट्यानको पाटो हिडिना कन्सल्ट्यान्सी प्रालि नामक कम्पनीले गरेको थियो ।

रु. ९ करोड ४५ लाखको डीपीआर बनेपछि टेण्डर आह्वान गरिएकोमा जलप नेपाल कम्पनीले त्यसको १३ प्रतिशत विलो (न्यून) रकममा काम गरेको छ । कम्पनीले जम्मा रु. ७ करोड २९ लाख ९७ हजार २ सयमा काम सम्पन्न गरेको हो । जसमा भ्याटसहित जोड्दा पुलको लगानी जम्मा ८ करोड २४ लाख ६ हजार ८३६ रुपैयाँ पुग्छ । पुलको लागतमध्ये संघीय सांसद कोषमार्फत १ करोड रुपैयाँ, प्रदेश सरकारबाट २ करोड रुपैयाँ प्राप्त भएको थियो भने बाँकी माप्य दुधकोशी गाउँपालिका र खुम्बु पासाङल्हामु गाउँपालिकाले ५०/५० प्रतिशत लगानी गरेको हो ।

ठेकदार कम्पनी जलप नेपालका प्रमुख ताराप्रसाद पौडेलकाअनुसार ४८ मिटर लम्बाई रहेको पुलको चौडाई ६ मिटर (दुई वटा गाडि पास हुने) रहेको छ । ५५ टन क्षमताको पुलको फाउण्डेसन पानीको सतहबाट डेढ मिटरभन्दा मुनी रहेको छ भने त्यसभन्दा माथि दुईतर्फी पिल्लरको उचाई साढे ६ मिटर रहेको छ । पुलको फाउण्डेसन र पिल्लर ट्रस ब्रिजको स्ट्यान्डरअनुरुप पिल्लर (डण्डी, गिटी र बालुवाको कंक्रिट ढलान) रहेको छ । पुल आसपासको हाईस्लड लेबल अधिक्तम ३ मिटर रहेको छ ।

२०७६ साल मंसिर १३ गते प्रतिनिधि सभा सदस्य हेमकुमार राई (सुरबीर)ले शिलान्यास गरेपछि औपचारिक रुपमा निर्माण कार्य सुरु भएको यो पर्यटकीय गन्तव्य सगरमाथा क्षेत्रमा सिधा गाडि पुग्ने एकमात्रै मोटरेबल पुल हो । माप्य दुधकोशी गाउँपालिका र खुम्बुपासाङल्हामू गाउँपालिकाले एक वर्ष (२०७७ वैशाख १२)भित्र पुल निर्माण सम्पन्न गरिसक्नेगरी संयुक्त रुपमा सम्झौता गरेको थियो ।

 

प्रकाशित मिति : बिहीबार, २० कार्तिक २०७७ १०:३४
प्रतिक्रिया दिनुहोस्
24/7 Live Streamživé statistikyinformazioni Crazy TimeCoin Flip bonusvanliga frågorwatch live statsRoyal Reels mobileWingaga CZ