Logo

उद्धार उडान स्थगित गरेर नियमित उडान गर्न सीसीएमसीको सिफारिस


काठमाडौं : कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)ले उद्धार उडान स्थगित गरेर नियमित अन्तरराष्ट्रिय उडान गर्न सरकारलाई सिफारिस गरेको छ ।

कोरोना भाइरस (कोभिड–१९) संकटपछि विभिन्न देशमा रहेका १ लाख ३६ हजार २१६ जनाको उद्धार भएपछि सीसीएमसीले उडान स्थगित गर्न सिफारिस गरेको हो ।

कोरोना संकटको समयमा उद्धारको पर्खाइमा रहेका नेपालीको संख्या घट्दै गएको जानकारी कूटनीटिक नियोगबाट प्राप्त हुन थालेपछि यस्तो सिफारिस भएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव महेन्द्रप्रसाद गुरागाईंले जानकारी दिए ।

थप अलपत्र भए नियमित उडानबाट ल्याउने निर्णय सीसीएमसीले गरेको छ ।

सँगै सीसीएमसीले सीमानाका हुँदै नेपाल भित्रिन बैतडीको झुलाघाट नाका सुरु गर्ने निर्णय गरेको छ। बैठकले केबलकार, जंगल सफारी र सासहिक पर्यटनका क्षेत्र खुला गर्न सरकारलाई सिफारिस गरेको छ ।

प्रकाशित मिति : सोमबार, २४ कार्तिक २०७७ ०९:१४
प्रतिक्रिया दिनुहोस्