Logo

कतारका राजकुमार अब्दुल्लाले गरे आमादब्लम हिमालको आरोहण


काठमाडौं, २६ कात्तिक । कतारका राजकुमार शेख मोहमद विन अब्दुल्लाले आमादब्लम हिमाल आरोहण गरेका छन् ।

राजकुमार शेख मोहमदसहितको टोली बुधबार बिहान ११:२० मा अमादब्लम हिमालको चुचुरोमा पुगेको आरोहण व्यस्थापन गरेको हिमालयन गाइड्स नेपालका प्रवन्ध निर्देशक ईश्वरी पौडेलले जानकारी दिए ।

विश्वको सुन्दर तर आरोहणका लागि कठिन मानिने आमादब्लम हिमाल आरोहणका लागि कतारका राजकुमारसहित अमेरिकन र क्यानेडियनको टोली दसैंको दिन काठमाडौंबाट लुक्ला प्रस्थान गरेको थियो ।

टोलीमा कतारका राजकुमार अब्दुल्लासहित अमेरिकन, क्यानेडियन र नेपाली गरी १४ जना छन् ।

प्रकाशित मिति : बुधबार, २६ कार्तिक २०७७ १४:०६
प्रतिक्रिया दिनुहोस्