Logo

सफल ब्यबसायी प्रकाशसिंह कार्की उद्योग बाणिज्य महासंघको केन्द्रीय सदस्यमा निर्बाचित


काठमाडौं,१३ मंसिर । नेपाल उद्योग बाणिज्य महासंघ (एफएनसीसीआई)को बस्तुगत सदस्यमा सफल ब्यबसायी प्रकाशसिंह कार्की निर्बाचित हुनुभएको छ । शनिबार सम्पन्न निर्बाचनमा बस्तुगत तर्फ १ सय १ मध्ये ५७ मत ल्याएर कार्की सदस्यमा निर्बाचित हुनुभएको हो ।

कार्कीले महासंघको ५४ साधारण सभामा वरिष्ठ उपाध्यक्ष चन्द्र प्रसाद ढकाल समुहबाट उम्मेदवारी दिनुभएको थियो । यसअघि पनि महासंघको कार्यकारी सदस्य रहिसकेका कार्की नेपाल फ्रेट फर्वार्डस एसोसिएसनका अध्यक्षसेत हुनुहुन्छ ।

महासंघ अन्तर्गत वस्तुगत समूह अन्तर्गत कुल २८ जना सदस्यले उम्मेदवारी दिएका थिए । त्यसमध्ये बढी ल्याउने १४ जना निर्वाचित भएका हुन् ।

विजयी हुनेमा सबैभन्दा धेरै मत ल्याउनेले ७७ मत तथा सबैभन्दा कम मत ल्याउनेले ४९ मत ल्याएका छन् । ४९ मतभन्दा कम प्राप्त गर्ने उम्मेदवार सदस्यमा निर्वाचित भएका छैनन् ।

वस्तुगत तर्फबाट निर्वाचित हुनेमा सुमित केडिया (७७), नरेशलाल श्रेष्ठ (७२), मीनमान श्रेष्ठ (६७), अरनिको राजभण्डारी (६४), भक्त हमाल (६२), मनिषलाल प्रधान (६०) प्रकाश सिंह कार्की (५७), सकुन्तला हिराचन (५५), हेमराज ढकाल (५३) विष्णु गैरे (५१), सन्दीप कुमार अग्रवाल (५१) सुवोधकुमार गुप्ता (५०) गोविन्द ढुंगेल (५०) आकाश अधिकारी (४९) छन् ।

निर्वाचित हुनेमा चन्द्र ढकाल समूहबाट ७ जना र किशोर प्रधान समूहबाट ७ जना छन् ।

 

प्रकाशित मिति : शनिबार, १३ मंसिर २०७७ २३:०१
प्रतिक्रिया दिनुहोस्
24/7 Live Streamživé statistikyinformazioni Crazy TimeCoin Flip bonusvanliga frågorwatch live statsRoyal Reels mobileWingaga CZ