Logo

माप्य दुधकोशीमा बन्यो गाउँपालिका प्राथमिक अस्पताल, एमबीबीएस डाक्टरमार्फत स्वास्थ्य सेवा सुचारु


सोलुखुम्बु । सोलुखुम्बु जिल्लाको माप्य दुधकोशी गाउँपालिकाले बासा स्वास्थ चौकीको स्तरोन्नति गर्दै गाउँपालिका प्राथमिक अस्पताल निर्माण गरेको छ । माप्य दुधकोशी गाउँपालिका वडा नम्बर ३, खास्तापमा निर्मित उक्त अस्पतालको शनिबार एक विशेष समारोहबीच प्रदेश सांसद तथा प्रदेश नम्बर १ नेकपा संसदीय दलका प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारीले प्राथमिक अस्पतालको औपचारिक उद्घाटन गर्नुभएको हो ।
प्राथमिक अस्पतालको औपचारिक सुभारम्भसँगै अब यहीबाट भिडियो एक्सरे, प्याथालोजीका साथै एमबीबीएस डाक्टरसहितको दक्ष स्वास्थ्य कर्मीहरुमार्फत २४ सैं घण्टा गुणस्तरीय स्वास्थ्य सेवा प्रवाह हुनेछ ।

उद्घाटन समारोहलाई सम्बोधन गर्दै सांसद राजभण्डारीले माप्य दुधकोशी गाउँपालिकाको सम्बृद्धि र विकासले फड्को मारिरहेको बताउनुभयो । उहाँले यही गाउँपालिका हुँदै विश्वको सर्वोच्च शिखर सगरमाथा क्षेत्र जाने सिधा सडक सञ्जालसँगै दुधकोशीको ओर्लाङपघाटमा मोटरेबल पुलको सुचारु भइसकेकोले यस क्षेत्रको भ्रमणमा आउने स्वदेशी तथा विदेशी पर्यटकलेसमेत यस अस्पतालबाट सेवा लिनसक्ने बताउनुभयो । विकासमा तीनै तहको सरकारले आआफ्नो ठाउँबाट तीब्र गतिमा काम गरिरहेको उल्लेख गर्दै उहाँले यो अस्पताल सञ्चालनका लागि प्रदेश सरकारको तर्फबाट सहयोग गराउन आफु लागिपर्ने प्रतिबद्धतासमेत जनाउनुभयो ।
सांसद राजभण्डारीले कम्युनिष्ट सरकारले तीब ग्रतिमा गरिरहेको जनपक्षीय कामहरु देखेर विपक्षीहरु आत्तिएर कुप्रचार गर्ने प्रयत्नमा लागेको भन्दै विकास सबैको साझा भएकाले आफ्नो स्वास्र्थ पूर्तिका लागि जनचाहानामाथि धावा नबोल्न चेतावनीसमेत दिनुभयो ।

माप्य दुधकोशी गाउँपालिका अध्यक्ष बुद्धिकिरण राईले स्वास्थ्य क्षेत्रमा आफुले गरिरहेको कार्यहरुको फेहरिस्त प्रस्तुत गर्दै सामान्य स्वास्थ्य सेवाका लागिसमेत मोटो रकम खर्चेर टाढा जानुपर्ने गाउँपालिकाबासीको बाध्यता अब हटेको बताउनुभयो । गाउँपालिकाले अघि बढाएका तत्कालिन र दीर्घकालिन विकासका परिणामहरु दिन प्रतिदिन आउन थालेको उल्लेख गर्दै अध्यक्ष राईले यो अब गाउँपालिबासीको हरेकखाले सपनाहरु पूरा हुँदै गएको प्रमाण भएको दाबी गर्नुभयो ।
विरोधका लागि विरोध गर्नेहरुलाई भाषणबाट नभएर कामबाट उत्तर दिने प्रणका साथ गाउँपालिकाले निरन्तर रुपमा विकास निर्माणका कार्यहरु गरिरहेको दाबी उहाँको थियो ।

कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सोलुखुम्बु जिल्ला अध्यक्ष मानबीर राईले कम्युनिष्ट सरकारले विकासमा गरेको कायपलट देखेर विकास विरोधीहरु आत्तिएर गलत प्रचारमा जुटिरहेको भन्दै त्यसखालका निराधार हल्लाको पछि नलाग्न आह्वान गर्नुभयो । तीन वटै तहको सरकारले अघि बढाएको हरेक योजना तथा कार्यक्रमहरुमा पार्टीपंक्तिले हरतरहबाट साथ, सहयोग र समर्थन गर्ने भनाइ उहाँको थियो ।

गाउँपालिकाले अब चाँडै १५ सैंयाको अस्पतालकोसमेत सिलान्यास गर्दैछ । उक्त अस्पतालको लागि १२ रोपनी क्षेत्रफलको जग्गा तयार भइसकेको र अस्पतालको लागि आवश्यक प्रक्रिया अघि बढिरहेको गाउँपालिकाले जनाएको छ । त्यस्तै वाकुमा एक सुविधासम्पन्न अस्पताल निर्माणको प्रक्रिया अघि बढाइएको छ ।

यसैबीच, गाउँपालिकाको कोशीपारी वाकु क्षेत्रलाई जोड्ने दुधकोशीको कायखेतमा बन्ने मोटरेबल पुलको यही मंसिर २२ गतेको दिन शिलान्यास गर्दैछ । २०७७ सालभित्रै सम्पन्न गर्ने लक्ष्यका साथ सो मोटरेल पुल निर्माण हुँदैछ । गाउँपालिकाले गत हप्तामात्रै खुम्बु क्षेत्र जोड्ने ओर्लाङघाटको माप्य खुम्बु मितेरी मोटरेबल पुलको उद्घाटन गरेको थियो ।

प्रकाशित मिति : आईतवार, २१ मंसिर २०७७ ०८:३३
प्रतिक्रिया दिनुहोस्
24/7 Live Streamživé statistikyinformazioni Crazy TimeCoin Flip bonusvanliga frågorwatch live statsRoyal Reels mobileWingaga CZ