संसद् विघटनविरुद्ध रिट लिएर सांसदहरु सर्वोच्च जाँदै
काठमाडौ । संसद् विघटन असंवैधानिक भएकाले खारेजीको माग गर्दै नेकपाका सांसदहरुले सर्वोच्च अदालतमा रिट दायर गर्ने भएका छन् ।
अहिले रिट तयार भइरहेको र केहीबेरमा सर्वोच्च अदालत पुग्ने नेकपा नेतृ रामकुमारी झाँक्रीले जानकारी दिइन् ।
आइतबार राष्ट्रपतिले मन्त्रिपरिषद्को सिफारिसपछि संसद् विघटन गरेकी थिइन् । प्रधानमन्त्री रहेका नेकपाका अध्यक्ष केपी शर्मा ओली पक्ष संसद् विघटनको पक्षमा छ भने ओलीइतर समूह संविधानले संसद् विघटन गर्ने अधिकार नदिएकाले विघटनको निर्णय अस्वीकार गर्ने अडानमा छ । संविधानविपरीत संसद् विघटन गरिएको भन्दै सोमबार १३ वटा रिट दायर भइसकेको छ ।