Logo

‘निर्मला पन्तको बलात्कारी खै’ लेखिएको टिर्सट लगाउनेहरु पक्राउ


धनगढी, २४ पुस, । ‘निर्मला पन्तको बलात्कारी खै’ लेखिएको टिसर्ट लगाएर प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गरेको सभामा सहभागी सात जना युवाहरुलाई प्रहरीले पक्राउ गरेको छ ।

नेकपा ओली समूहले शुक्रबार धनगढीमा सभा गरेको थियो, जसलाई प्रधानमन्त्री एवं ओली समूहका अध्यक्ष ओलीले पनि सम्बोधन गरेका थिए । प्रधानमन्त्री आउने थाहा पाएपछि युवाहरु भने ‘निर्मला पन्तको बलात्कारी खै’ लेखिएको टिसर्ट लगाएर पुगेका थिए ।

उनीहरुमध्ये केहीलाई पक्राउ गरिएको एसपी अनुपशम्शेर जबराले पुष्टि गरे । उनका अनुसार उनीहरुमाथि थप अनुसन्धान भइरहेको छ ।

प्रकाशित मिति : शुक्रबार, २४ पुष २०७७ १८:०९
प्रतिक्रिया दिनुहोस्