Logo

प्रचण्ड र नेपालले आउँदो माघ २९ गते नेकपा सोलुखुम्बुको प्रशिक्षण भेलालाई सम्बोधन गर्ने


काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालले सोलुखुम्बुको प्रशिक्षण भेलालाई सम्बोधन गर्ने भएका छन् । नेपाल कम्युनिष्ट पार्टी(नेकपा) सोलुखुम्बु, संघर्ष समिति, सोलुखुम्बु र सोलुखुम्बु काठमाडौं सम्पर्क मञ्च संघर्ष परिचालन समितिको संयुक्त आयोजनामा आउँदो माघ २९ गतेको दिन आयोजना गर्न लागिएको प्रशिक्षण भेलामा अध्यक्षद्वयले सम्बोधन गर्ने कार्यक्रम तय भएको पार्टी जिल्ला सचिव कज्र्याङ शेर्पाले जानकारी दिनुभयो ।

काठमाडौंको सुकेधारास्थित नवदुर्गा पार्टीप्यालेसमा दिउँसो २ बजेदेखि कार्यक्रम सुरु हुने जानकारी दिदैं सचिव शेर्पाले भन्नुभयो ‘नेकपा सोलुखुम्बु र दुबै पूर्व पार्टीअन्तर्गत सम्पर्क मञ्चका काठमाडौमा उपलब्ध सबै नेता, कार्यकर्ता, पार्टी सदस्य तथा पार्टीका समर्थक, शुभचिन्तक आदरणीय जनसमुदायलाई हार्दिक निमन्त्रणा गर्दछौं ।’

कार्यक्रममा अध्यक्षद्वयसँगै केन्द्रीय सदस्य तथा सोलुखुम्बु जिल्ला ईन्चार्ज हेमकुमार राई (सुरबीर)लगायत केन्द्रीय तहका नेताहरु, प्रदेशका नेताहरुकोसमेत विशेष उपस्थिति हुनेछ ।

नेकपा सोलुखुम्बुले नेता आङङिमा लामाको संयोजकत्वमा जिल्ला सचिव कज्र्याङ शेर्पा सहसंयोजक, धु्रब पराजुली सचिव र हिमाल गिरी प्रवक्ता रहेको एक संघर्ष समिति गठन गरेर प्रधानमन्त्री केपी ओलीको संसद विघटनलगायत कदमविरुद्ध चरणबद्ध आन्दोलन गरिरहेको छ ।

संघर्ष समितिले यसअघि प्रत्येक स्थानीय तहहरुमा विभिन्न संघर्षको कार्यक्रम सञ्चालन गर्नुका साथै प्रत्येक स्थानीय तह स्तरको संघर्ष समितिसमेत गठन गरेको थियो । यसैबीच, पार्टीले पूर्व एमाले र माओवादी केन्द्रनिकटलाई समेटेर सोलुखुम्बु काठमाडौं सम्पर्क मञ्च संघर्ष परिचालन समिति गठन गरेको छ ।

प्रकाशित मिति : सोमबार, २६ माघ २०७७ १९:५२
प्रतिक्रिया दिनुहोस्
24/7 Live Streamživé statistikyinformazioni Crazy TimeCoin Flip bonusvanliga frågorwatch live statsRoyal Reels mobileWingaga CZ