Logo

भागरथी हत्या प्रकरण : हत्याको अभियोगमा पक्राउ परेका १७ वर्षीय दिनेश भट्टलाई प्रहरीद्वारा सार्वजनिक


बैतडीकी १७ वर्षीया युवती भागरथी भट्टको हत्याको अभियोगमा पक्राउ परेका १७ वर्षीय दिनेश भट्टलाई प्रहरीले सार्वजनिक गरेको छ।

दोगडाकेदार गाउँपालिका–७ कतोलाकी भट्टको बलात्कार र हत्यामा संलग्न भट्टलाई बुधबार जिल्ला प्रहरी कार्यालय बैतडीमा पत्रकार सम्मेलन गरेर सार्वजनिक गरिएको हो।

दिनेश १८ वर्षभन्दा कम उमेरको पाइएको छ । आरोपितको जेल यात्राभन्दा पहिले उनको पृष्ठभूमि बुझौँ । भागरथी भट्टको बलात्कार र हत्यामा आरोपित किशोर दोगडाकेदार गाउँपालिका ७ चडेपानी गाउँकै विपन्न परिवारमा जन्मिएका व्यक्ति हुन् । उनको बुवा लामो समय भारतमा मजदुरी गरेर आफ्नो परिवार पाल्ने गर्थे । गत वर्षको लकडाउनदेखि भने उनी नेपाल फर्केर गाउँमै दैनिक ज्याला मजदुरी गरेर परिवारको पेट पालिरहेका थिए ।

आरोपित किशोर परिवारको जेठो सन्तान हुन् । दिनेशको परिवारमा बुवा, आमा, भाइ र दुईजना बहिनीहरु रहेका छन् । तर भाइ र दुबै बहिनीहरु सुस्त मनिस्थितिका छन् । काम गर्न सक्ने र पढेको व्यक्ति उनी मात्रै हुन् ।

स्थानीय विद्यालयमा रहेको लगतमा उनकोको जन्ममिति २०६१ फागुन १० गते रहेको छ । यसको मतलब दिनेश आउँदो फागुन १० गतेबाट १६ वर्ष पूरा भई १७ वर्षमा लाग्थे । विद्यालयका शिक्षकका अनुसार विद्यालयमा उनी पढाइमा औसत थिए ।

प्रकाशित मिति : बुधबार, ५ फाल्गुन २०७७ २१:५६
प्रतिक्रिया दिनुहोस्
24/7 Live Streamživé statistikyinformazioni Crazy TimeCoin Flip bonusvanliga frågorwatch live statsRoyal Reels mobileWingaga CZ