Logo

काँग्रेसको १४ औं महाधिवेशन भदौ ७ देखि १० गतेसम्मका लागि प्रस्ताव


काठमाडौं । नेपाली काँग्रेसको १४ औं महाधिवेशन भदौ ७ , ८, ९ र १० गतेका लागि प्रस्ताव गरिएको छ । आज बसेको काँग्रेस केन्द्रीय समिति बैठकमा केन्द्रीय महाधिवेशन भदौ ७, ८, ९ र १० गतेका लागि प्रस्ताव गरिएको हो ।

यस्तै गाउँनगरको वडा अधिवेशन असार २० गते, गाउँ नगरपालिकाको अधिवेशन असार २२ गते, प्रदेश सभा क्षेत्रीय अधिवेशन असार २५ गते, प्रतिनिधि सभा क्षेत्रीय अधिवेशन एक मात्र प्रतिनिधि सभा निर्वाचन क्षेत्र भएको जिल्लामा असार २७ गते, एक भन्दा बढी प्रतिनिधि सभा निर्वाचन क्षेत्र भएको जिल्लामा असार ३० गते र प्रदेश अधिवेशन साउन ६ गते गर्ने प्रस्ताव पनि केन्द्रीय कार्यसमितिमा पेस भएको छ ।

पाँच वर्षमा महाधिवेसन गर्न नसकेपछि काँग्रेसले संविधानमा व्यवस्था भए अनुसार ६ महिना म्याद थप गर्नका लागि केन्द्रीय कार्यसमितिको बैठक बोलाएको हो । बैठक बिहीबार दिउँसो तीन बजे पनि बस्ने छ ।

बैठकमा काँग्रेस संस्थापन पक्षबाट प्रस्ताव पेस भएको छ । केन्द्रीय महाधिवेशन बाहेकको कार्यतालिकामा वरिष्ठ नेता रामचन्द्र पौडेल पक्ष सहमत छैन । प्रस्तावमाथि आज छलफल सुरु भएको छ । बैठकमा पौडेलले उक्त मितिलाई परिमार्जनसहित अगाडि सार्नुपर्ने धारणा राखेका थिए । तत्लो तहको अधिवेशनको मिति व्यवहारिक नभएको उनको भनाइ थियो ।

बैठकमा फागुन ५ बाट संविधानत सबै कार्यसमितिको पदावधिको समय ६ महिना थप्ने प्रस्ताव र म्याद सकिएका विदेशस्थित जनसम्पर्कको म्याद थप्ने प्रस्ताव गरिएको छ ।

क्रियाशील सदस्यता बुझाउने अन्तिम मिति वडाले फागुन १२ गते पालिकालाई, १६ गते पालिकाले क्षेत्रीय कार्य समितिलाई, २८ गते क्षेत्रीय कार्य समितिले जिल्लालाई, चैत १० गते जिल्लाले केन्द्रीय समितिलाई बुझाउने प्रस्ताव बैठकमा गरिएको छ ।

छानविन समितिले केन्द्रीय निर्वाचन समितिलाई अन्तिम सूची बुझाउनेछ । त्यस्तै निर्वाचन समितिले असार ५ मा केन्दीय पार्टी सभापति शेरबहादुर देउवालाई बुझाउने गरी प्रस्ताव बैठकमा पेस गरिएको छ । तोकिएको मितिमा क्रियाशील सदस्यता नटुग्याउने कार्य समितिलाई महाधिवेशनमा सामेल हुन नपाउने वाध्यकारी प्रस्ताव समेत राखिएको छ । बैठक भोलि तीन बजे पनि बस्ने छ । आज र भोलिको छलफलपछि बैठकले प्रस्तावमाथि निर्णय लिनेछ ।

प्रकाशित मिति : बुधबार, ५ फाल्गुन २०७७ २२:००
प्रतिक्रिया दिनुहोस्
24/7 Live Streamživé statistikyinformazioni Crazy TimeCoin Flip bonusvanliga frågorwatch live statsRoyal Reels mobileWingaga CZ