Logo

फागुन तेस्रो सातादेखि सर्वसाधरणलाई कोरोना भाइरसविरुद्धको खोप


फागुन तेस्रो सातादेखि सर्वसाधरणलाई कोरोना भाइरसविरुद्धको खोप दिने तयारी छ । फागुन २३ गतेदेखि ६० वर्ष उमेर समूहमाथिका नागरिकलाई खोप दिने तयारी गरेको हो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले फागुन २३ गतेदेखि तोकिएका सबै खोप केन्द्रहरूबाट ६० वर्ष उमेरमाथिका सबैलाई खोप लगाइने जानकारी दिए।

सरकारले जेष्ठ नागरिकलाई खोप पाउने प्राथमिकताको सूचीमा माथि राखेपनि त्योभन्दा अगाडि अन्यलाई खोप दिएपछि त्यसको आलोचना भएको थियो।

सामाजिक सञ्जालमा धेरैले बढी जोखिममा रहेका जेष्ठ नागरिकलाई अरुभन्दा पहिले खोप दिनुपर्ने धारणा राखेका थिए।

सुरुमा स्वास्थ्यकर्मी र अन्य फ्रन्टलाइनरहरूलाई खोप लगाइएकोमा अहिले सरकारी कर्मचारी र स्थानीय तहका जनप्रतिनिधिहरूलाई खोप दिइँदैछ।

प्रकाशित मिति : बुधबार, ५ फाल्गुन २०७७ २२:०४
प्रतिक्रिया दिनुहोस्
24/7 Live Streamživé statistikyinformazioni Crazy TimeCoin Flip bonusvanliga frågorwatch live statsRoyal Reels mobileWingaga CZ