Logo

तेलको मूल्य फेरि बढ्दै, भारतले पठायो नयाँ मूल्यसूची


काठमाडौं । नेपालमा पेट्रोलियम पदार्थको मूल्य फेरि बढ्ने भएको छ । आजै रातिदेखि नै बढाउने तयारी गरिएको आयल निगम स्रोतले जनाएको छ ।
भारतीय आयल कर्पोरेसनले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएर पठाएपछि नेपालमा पनि बढाउनुपरेको निगम स्रोतले जानकारी दियो ।

नेपाल आयल निगम र भारतीय आयल कर्पोरेसनबीचको सहमतिअनुसार आईओसीले आजदेखि सोमबार (मार्च १) गतेदेखि लागु हुनेगरी मूल्य बढाएर पठाएको हो ।
आईओसीले पठाएको नयाँ मूल्यसूचीअनुसार प्रतिलिटर पेट्रोलमा ४ रुपैयाँ २० पैसा, डिजेलमा ४ रुपैयाँ ७ पैसा, मट्टितेलमा ४ रुपैयाँ ६५ पैसा, हवाई इन्धनमा ४ रुपैयाँ ६ पैसा तथा ग्यासमा प्रतिसिलिन्डर ९१ रुपैयाँ ९६ पैसा बढेको छ ।

तर निगमले खरिद मूल्यअनुसार तेलको मूल्य नबढाउने जनाएको छ ।
हालको मूल्यमा तेल बिक्री गर्दा निगमलाई पाक्षिक एक अर्ब ५४ करोड रुपैयाँ घाटा हुने अवस्था रहेको निगमले जनाएको छ ।
हाम्रै पक्षमा

प्रकाशित मिति : सोमबार, १७ फाल्गुन २०७७ २०:१४
प्रतिक्रिया दिनुहोस्