Logo

अर्थमन्त्री पौडेललाई लक्षित गर्दै ढुंगा प्रहार


काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई लक्षित गर्दै आज रुपन्देहीमा ढुंगा प्रहार भएको छ । मोतिपुर औद्योगिक करिडोरको शिलान्यास गर्न पुगेका अर्थमन्त्री पौडेलमाथि लक्षित गर्दै ढुंगा प्रहार भएको हो ।

ढुंगा प्रहारपछि प्रहरी र स्थानीयबीच झडप भएको छ । झडपमा केही घाइते भएका बताइएको छ ।

प्रकाशित मिति : शुक्रबार, २१ फाल्गुन २०७७ १४:४०
प्रतिक्रिया दिनुहोस्