Logo

जसपालाई ओलीको प्रस्ताव : ‘मुद्दासुद्दा’पछि मिलाउँला, सरकारमा आइहाल्नुस्


काठमाडौं-  नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले जनता समाजवादी पार्टी(जसपा)का नेताहरुलाई मुद्दा पछि मिलाउने भन्दै सरकारमा आउन आग्रह गरेका छन्। ओलीले जसपा नेतालाई बिहीबार साँझ बालुवाटारमा बोलाएर सरकारमा आइहाल्न भनेका हुन्।

बालुवाटरमा भएको छलफलबारे शुक्रबार जसपाका शीर्ष नेताहरूले संसदीय दलको बैठकमा ब्रिफिङ गरेका छन्। समाजवादी पार्टीका प्रमुख सचेतक उमाशंकर अरगरियाले भने, ‘जसपा नेताहरुसँग प्रधानमन्त्रीज्यूले ‘मुद्दासुद्दा’ पछि मिलाउँला सरकारमा आइहाल्नुस् भन्नु भएछ। उहाँको जवाफमा नेताहरुले पहिला मुद्दा सम्बोधन गर्नुस्। त्यसपछि मात्रै सरकारमा आउँछौ भन्नु भएछ।’

जसपामा अहिलेको सरकारमा जाने विषयमा दुई धार देखिएको छ। तत्कालीन समाजवादी पार्टी ओली सरकारमा जान नहुने पक्षमा उभिएको छ। उसले सरकारलाई प्रतिगमनकारी भएको भन्दै सहकार्य गर्न नसकिने बताएको छ।

तर, जसपाको तत्कालीन राजपा पक्ष ओलीले आफ्ना माग पूरा गरे सरकारमा जान लचिलो देखिएको छ। जसपा पार्टी एक भएपनि संसदीय दल फरक भएकाले सर्वसम्मत निर्णय हुने सम्भवाना कम छ।

दलको विधान नै तयार नभएकाले शुक्रबारको बैठक पनि कुनै निर्णय नगरी सकिएको छ। जसपाभित्रको एउटा पक्ष एमाले, माओवादी र कांग्रेस तीनै दल प्रतिगमनकारी भएकाले मुद्दा सम्बोधन गर्ने शक्तिसँग मात्र सहकार्य गरेर जानेल लबिइङमा छ।

प्रकाशित मिति : शुक्रबार, २८ फाल्गुन २०७७ १९:२०
प्रतिक्रिया दिनुहोस्
24/7 Live Streamživé statistikyinformazioni Crazy TimeCoin Flip bonusvanliga frågorwatch live statsRoyal Reels mobileWingaga CZ