Logo

‘कम्युनिष्ट आन्दोलन विघटन गर्न दिइन्न, ओलीजीलाई असफल पारिनेछ’


काठमाडौं : नेकपा एमालेका निर्वाचित उपमहासचिव घनश्याम भूसालले अध्यक्ष केपी शर्मा ओलीले कम्युनिष्ट आन्दोलन विघटन गर्न खोजेको आरोप लगाएका छन्।

सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै भूसालले पछिल्लो निर्णयबाट ओलीले यसलाई थप पुष्टि गरेको बताए।

‘केही बर्षदेखि मैले ओलीजीको सामर्थ्यले भ्याएसम्म उहाँको एक मात्र उद्देश्य कम्युनिस्ट आन्दोलनलाई विघटन गर्नु हो भन्दै आएको थिएँ । उहाँले त्यही गर्दै आउनुभएको छ ।’ भुसालले लेखेका छन्, आजको घटनाबाट वहाँबारे रहँदै आएका सबै भ्रमबाट सबैलाई मुक्त गरिदिनु भएको छ । त्यसका लागि उहाँलाई धन्यवाद छ । तर उहाँले बुझ्न एउटा कुरा बाँकी छ–कम्युनिष्ट आन्दोलनलाई विघटन गर्न दिइने छैन, उहाँलाई असफल पारिनेछ ।’

ओलीले शुक्रबार बालुवाटारमा केन्द्रीय कमिटीको एकपक्षीय बैठक राख्दै उपमहासचिव भूसालसहित माधव नेपाल समूहका नेताहरुको जिम्मेवारी खोसेका थिए। उनले आफूनिकट र माओवादी केन्द्रबाट गएका नेताहरुलाई प्रदेशमा जिम्मेवारी दिँदै आगामी मंसिरमा महाधिवेशन गर्ने निर्णय गरेका छन्।

प्रकाशित मिति : शुक्रबार, २८ फाल्गुन २०७७ १९:३५
प्रतिक्रिया दिनुहोस्
24/7 Live Streamživé statistikyinformazioni Crazy TimeCoin Flip bonusvanliga frågorwatch live statsRoyal Reels mobileWingaga CZ