Logo

भोलिको भेलामा नेकपा एमाले सम्बद्ध कोही पनि नजान निर्देशन दिन्छु: ओली


काठमाडौं । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भोलिको भेलामा सहभागी हुनेलाई कारवाहीको चेतावनी दिएका छन् । उनले घुमाउरो भाषा प्रयोग गर्दै यस्तो चेतावनी दिएका हुन् ।

“यस पार्टीमा अब उप्रान्त विधि विधानविरोधी क्रियाकलापमा छुट हुने अवस्था हुँदैन । अब सहेर बस्दैनौँ । अचाक्ली भयो,” उनले भने, “पार्टीमा विधान छ, नियमावली र दल सम्बन्धी कानुन छ । हामीले खोजेको अनुशासन हो । भोलिको भेलामा नेकपा एमाले सम्बद्ध कोही पनि नजान निर्देशन दिन्छु । सजग र सचेत गराउन चाहन्छु । पार्टी अध्यक्षले बोलाउँदा नआउने कसको निम्ता पाए चियापानमा जानुहुन्छ ? यो त सबैलाई थाहा छ तर भन्न भएन । अझै केही समय बाँकी छ । भोलिको भेला गर्नुहुन्छ कि गर्नुहुन्न त्यो तमासा हेर्न बाँकी छ । भोलि एक नजर त्यता लगाइन्छ ।”

भोलि नेकपा एमालेका नेता माधवकुमार नेपाल, झलनाथ खनालसहितको टोलीले राष्ट्रिय कार्यकर्ता भेला आयोजना गरेका छन् ।

प्रकाशित मिति : मंगलवार, ३ चैत्र २०७७ १३:०६
प्रतिक्रिया दिनुहोस्