Logo

माप्य दुधकोशी गाउँपालिकामा एमालेको पार्टी कार्यालय स्थापना, नेपाल पक्ष अनुपस्थित


सोलुखुम्बु । नेकपा एमाले माप्य दुधकोशी गाउँपालिकाको कार्यालय स्थापना गरिएको छ । विहिबार गाउँपालिकाको केन्द्र खास्तापस्थित सोमबारेमा पार्टीको कार्यालय औपचारिक रुपमा स्थापना गरिएको जिल्ला सचिव आसकुमार राई (शिशिर)ले जानकारी दिए ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बनेको तीन वर्षपछि सर्वोच्च अदालतले तत्कालिन एमाले र माओवादी केन्द्रलाई पूर्ववत अवस्थामै फर्काउने फैसला गरेसँगै एमालेले प्रत्येक गाउँपालिकामा पार्टी कार्यालय स्थापना गर्ने अभियान अघि बढाएको छ ।

माप्य दुधकोशी गाउँपालिकाकी उपाध्यक्षसमेत रहनुभएकी पार्टीकी नेतृ जुनितामाया मगरको सभापतित्व तथा पार्टीका पूर्व जिल्ला अध्यक्ष मानबीर राईको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा पूर्व जिल्ला सचिव हर्क बहादुर राई, जिल्ला सचिव राईसँगै जिल्ला कमिटी सदस्य नारायणकाजी कार्की, तेजबहादुर मगरलगायतको उपस्थिति रहेको थियो ।

पार्टी कार्यालयको उद्घाटनसँगै प्रशिक्षणसमेत सञ्चालन गरिएको जिल्ला सचिव राईले जानकारी दिए । पार्टी कार्यालय उद्घाटन कार्यक्रममा माधवकुमार नेपाल पक्षको नेता तथा कार्यकर्ताहरु भने उपस्थित भएनन् ।

प्रकाशित मिति : बिहीबार, ५ चैत्र २०७७ १९:४६
प्रतिक्रिया दिनुहोस्
24/7 Live Streamživé statistikyinformazioni Crazy TimeCoin Flip bonusvanliga frågorwatch live statsRoyal Reels mobileWingaga CZ