Logo

लोकल रक्सीलाई ‘ब्राण्डिङ’ गर्ने मन्त्रीको योजना


विराटनगर । प्रदेश १ की नवनियुक्त सामाजिक विकासमन्त्री उषाकला राईले कोदोको रक्सीलाई ब्राण्डिङ गर्ने योजना अघि सारेकी छन् । शुक्रबार मन्त्रीको कार्यभार सम्हालेकी मन्त्री राईले कोदोको रक्सीलाई ब्यान्ड नभई ब्राण्डिङ गर्ने बताएकी हुन् ।

कानुनी रुपमा लोकल मदिरा बिक्री गर्न प्रतिबन्ध छ । कोदोको रक्सीलाई ‘ब्राण्डिङ’ गरी बिक्री गर्न कानुनी र व्यावहारिक पक्षको अध्ययन थालिएको उनले बताइन् । कानुनी र व्यावहारिक पक्षको अध्ययन गरी स्थानीयबासीको जीवनस्तर उकास्नका लागि कोदोबाट बनाइएको रक्सीलाई ब्राण्डिङ गर्ने उनले बताइन् ।

‘गाउँघरमा रक्सी बनाउने र बिक्री गर्ने कुरा नयाँ होइन,’ उनले भनिन्, ‘कानुनी समाधान खोज्छौं । ब्याण्ड भर्सेज ब्राण्डको अवधारणामा अघि बढ्छौं ।’

विदेशबाट महँगो मदिरा आयात गर्दा देशको ठूलो पूँजी बाहिरिएको भन्दै उनले कोदोको उत्पादनलाई ब्राण्डिङ गर्न सके निर्यातको पनि सम्भावना रहेको बताइन् ।

‘विदेशी मदिरामा रमाउँछौं, यसले देशलाई फाइदा गर्दैन,’ उनले भनिन्, ‘अब लोकल रक्सीलाई ब्राण्डिङ गरेर नागरिकको आर्थिक अवस्था सुधार गर्नुपर्छ ।’ व्यवस्थित रुपमा उत्पादन गरी विश्व बजारमा पुर्‍याउने लक्ष्यका साथ सरकारले काम गर्ने मन्त्री राईले बताइन् ।

प्रकाशित मिति : बुधबार, १८ चैत्र २०७७ २०:४५
प्रतिक्रिया दिनुहोस्
24/7 Live Streamživé statistikyinformazioni Crazy TimeCoin Flip bonusvanliga frågorwatch live statsRoyal Reels mobileWingaga CZ