Logo

नेपालमा पनि देखियो कोरोनाको ‘डबल म्युटेन्ट भेरियन्ट’



काठमाडौं- नेपालमा पनि कोरोना भाइरसको डबल म्युटेन्ट भाइरस फेला परेको छ। ललितपुरका एक जनामा डबल म्युटेन्ट भाइरस फेला परेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा कृष्ण पौडेलले जानकारी दिए।

उनका अनुसार जीन स्विक्वेन्सिङका लागि हङकङमा पठाइएको १५ वटा नमुनामध्ये एक जनामा डबल म्युटेन्ट भाइरस फेला परेको हो। ‘५९ वर्षका एक जनामा डबल म्युटेन्ट भाइरस फेला परेको हो,’  डा पौडेलले भने,  ‘उहाँको कन्ट्याक्ट ट्रेसिङ लगायतका काम भइरहेको छ।’ 

भारतका धेरै स्थानमा डबल म्युटेन्ट भाइरस देखिएको छ। नेपालमा भने यो पहिलो पटक हो। नेपालमा देखिएको भाइरस भारतबाट आएको हो वा नेपालमा नै म्युटेन्ट भएको हो भन्ने विषयमा थप अध्ययन भइरहेको छ।

डबल म्युटेन्ट भेरिएन्ट भनेको कोरोनाको एकै भाइरसको स्वरुप दुई प्रकारमा देखिनु हो।

प्रकाशित मिति : बिहीबार, २ बैशाख २०७८ ११:१३
प्रतिक्रिया दिनुहोस्
24/7 Live Streamživé statistikyinformazioni Crazy TimeCoin Flip bonusvanliga frågorwatch live statsRoyal Reels mobileWingaga CZ