Logo

एमाले सोलुखुम्बुमा विज्ञप्तीबाजी, एकले अर्कोलाई अनाधिकृत कमिटीको संज्ञा


सोलुखुम्बु, ८ बैशाख । सोलुखुम्बु जिल्लामा नेकपा एमाले ओली पक्ष र माधव पक्षबीच आपसी छेडखानीमा उत्रेका छन् । एकले अर्कोमाथि संघीन आरोप प्रत्यारोप गर्नुका साथै दुबै पक्षले एकले अर्कोलाई अनाधिकृत कमिटीको संज्ञासमेत दिएका छन् ।

गत सोमबार ओली पक्षको जिल्ला अध्यक्ष डुफकुमार बास्तोला र सचिव आसकुमार राईद्धारा हस्ताक्षरित विज्ञप्तीमार्फत यही बैशाख १० गतेभित्र स्पष्टीकरणको माग गरेको थियो ।

त्यसको जवाफमा बुधबार माधव पक्षका जिल्ला अध्यक्ष दोर्जी जाङ्बु शेर्पा र सचिव डिल्ली राईले प्रेस विज्ञप्ती जारी गर्दै अनधिकृत रुपमा गठन भएको कमिटीलाई स्पष्टीकरण दिनु आवश्यक नरहेको प्रष्ट्याए ।विज्ञप्तीमार्फत भ्रामक र कपोकल्पित समाचारले एमाले ध्यानकर्षण भएको भन्दै समानन्तर कमिटी गठन गरेको नभई एमाले पार्टीको आधिकारिकक कमिटी आफुहरुले गठन गरिएको माधव पक्षको दाबी छ ।

‘पार्टीको विचारलाई विसर्जनबादतिर धकेलिदै लगिएकोले नेकपा एमाले गतिशिल बाटोमा हिडाउनका लागि हामीले पार्टीको भेला, बैठक, निर्णय पार्टीको विधि, विधानअनुसार नै गरिरहेका छौं’ विज्ञप्तीमा भनिएको छ, ‘अनाधिकृत रुपमा गठन गरिएको कमिटीमा कतै हामीले स्पष्टीकरण लेख्नु दिनुपर्ने आवश्यकता नरहेको स्पष्ट पार्दछौं ।’ सो पक्षले पार्टी पद्धतिलाई गलत ढंगबाट उपयोग नगर्ने मान्यताअनुरुप आफुहरु दृढतापूर्वक लागेको बताएको छ ।

यता ओली पक्षको विज्ञप्तीमा भने सिंगो एमाले पार्टी पंक्तिलाई चुनौति दिनेगरी समानन्तर कमिटी गठन गर्ने क्रियाकलाप गरेको आरोप लगाइएको छ । प्रदेश नम्बर १ को कुनैपनि बैठक नभएकोले भ्रम सिर्जना गर्ने र अस्थिरता पैदा गराई माधव नेपाल पक्ष पाटी पंक्तिलाई विभक्त गर्नेतर्फ उद्दत रहेको सो पक्षको ठहर छ ।

प्रकाशित मिति : बुधबार, ८ बैशाख २०७८ २१:२१
प्रतिक्रिया दिनुहोस्
24/7 Live Streamživé statistikyinformazioni Crazy TimeCoin Flip bonusvanliga frågorwatch live statsRoyal Reels mobileWingaga CZ