Logo

उपत्यकामा १६ वैशाखदेखि निषेधाज्ञा, के गर्न पाइन्छ के पाइँदैन ?


कोरोना संक्रमण उच्च भएसँगै काठमाडौं उपत्यकामा १६ वैशाखदेखि निषेधाज्ञा लगाइने भएको छ ।
सोमबार बसेको काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठकले १६ वैशाखदेखि निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो ।
‘कोरोना संक्रमण तीव्र गतिमा बढ्न थालेपछि चेन ब्रेक गर्न निषेधाज्ञा जारी गर्ने निर्णयमा पुगेका हौं,’ काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले भने, ‘अर्को आदेश जारी नभएसम्मका लागि निषेधाज्ञा कायम रहनेछ ।’
उपत्यकामा अब के गर्न पाइन्छ, के पाइँदैन ?
-अत्यावश्यकबाहेक सबै सेवा बन्द
-सार्वजनिक र निजी यातायात बन्द
-अत्यन्त जरुरी नपरेसम्म बाहिर निस्कन पाइँदैन
-एम्बुलेन्स, शव बाहन, प्रेसको गाडी चल्न पाउने
-होटल तथा रेष्टुरेन्टले होम डेलिभर गर्न पाउने
-बैंक तथा वित्तीय संस्थाले मापदण्ड पालना गरेर कम जनशक्तिमा काम गर्नुपर्ने
-सरकारी कार्यालयले पनि मापदण्ड पालना गरेर खोल्न पाउने
-खाद्यान्न, तरकारी, दूधलगायत दैनिक उपभोग्य वस्तु बिक्रि गर्ने पसल निश्चित समयसम्म खोल्न पाइने छ।

प्रकाशित मिति : सोमबार, १३ बैशाख २०७८ १४:४५
प्रतिक्रिया दिनुहोस्
24/7 Live Streamživé statistikyinformazioni Crazy TimeCoin Flip bonusvanliga frågorwatch live statsRoyal Reels mobileWingaga CZ