Logo

जनता फाउण्डेसनद्वारा सिन्धुपाल्चोकका बाढी पीडितहरुलाई ७ लाख बराबरको राहत सामाग्री बितरण


काठमाडौं । जनता फाउण्डेसनले सिन्धुपाल्चोकका बाढी पीडितहरुलाई राहत सामाग्री बितरण गरेको छ । सिन्धुपाल्चोक जिल्लाको हेलम्बु गाउँपालिका वडा नं: १,६ र ७ न: का बाढी पिडितहरुलाई नगद तथा खाधान्न सामाग्री सहयोग बितरण गरिएको फाउण्डेसनले जनाएको छ ।

साच्चिकै पीडितहरुले राहत पाउन् भन्ने उदेश्यले फाउण्डेशनका अध्यक्ष लक्ष्मण मिसन कार्कीको नेतृत्वमा २० जना स्वयमसेवक र ५ जना सवारी चालक सहित २५ जनाको टोली राहत सामाग्री लिएर काठमाण्डौंबाट सिन्धुपाल्चोक पुगेर करिब ७ लाख रुपैया बराबरको राहत बितरण गरेको छ ।

फाउण्डेशनको टोलीले चामल, दाल, नुन, तेल, मस्यौरा, लुगा धुने साबुन, नुहाउने साबुन, बिस्कुट, चाउचाउलगायत विभिन्न खाद्य सामग्री तथा ओड्ने ओछ्याउने, टिसर्ट, ज्याकेट, ट्राउजर स्वीटर, जुत्ता, बच्चाको कपडा, महिलाको कपडा, प्याड, माक्स, टर्च जस्ता बिभिन्न राहत सामग्रीहरुका साथै ६ जना मृतकका परिवारलाई आर्थिक सहयोगसमेत बितरण गरेको छ ।

फाउण्डेशनले स्थानीय युवा क्लबसॅंग सहकार्य गरेर राहत वितरण गरेको फाउण्डेसनका अध्यक्ष कार्कीले जानकारी दिनुभयो । देश-विदेशबाट फाउन्डेसनप्रति गरेको बिश्वास र सहयोगका लागि सहयोगी दाताहरुलाइ धन्यवाद दिदै उहाँले आगामी दिनमा पनि फाउन्डेसनले देश र जनताका घाउहरुमा मलमपट्टि गर्ने प्रतिबद्धता ब्यक्त गर्नुभयो ।

प्रकाशित मिति : मंगलवार, १५ असार २०७८ ११:४२
प्रतिक्रिया दिनुहोस्
24/7 Live Streamživé statistikyinformazioni Crazy TimeCoin Flip bonusvanliga frågorwatch live statsRoyal Reels mobileWingaga CZ