Logo

वाकुको खेलकुद मैदानको कन्तविजोगः शिलान्यास भएको वर्षौ बित्यो, काम अलपत्र


अर्जुन खालिङ राई
सोलुखुम्बु जिल्लाको माप्य दुधकोशी गाउँपालिका वडा नम्बर ६, वाकुमा निर्माण गर्ने भनिएको क्षेत्रीय खेलकुद मैदान अलपत्र अवस्थामा छोडिएको छ । २०७१ साल पौष १० गतेको दिन निक्कै तामझामका साथ उक्त खेलकुद मैदानको सिलान्यास गर्दै पाँच वर्षभित्र निर्माण कार्य सम्पन्न गरिसक्ने घोषणासमेत गरिएको थियो ।

घोषणाअनुसार खेलकुद मैदानको निर्माण कार्य गत २०७६ साल पौषभित्र सम्पन्न गरिसक्नुपर्ने हो । तर, शिलान्यास भएको झण्डै ८ वर्ष हुँदा पनि खेलकुद मैदानको निर्माण कार्य अगाडि बढ्न सकेको छैन भने यो काम अब कसरी अगाडि बढाउने भन्ने अनिश्चितसमेत बनेको छ । खेलकुद मैदानको शिलान्यास तत्कालिन सभासद बलबहादुर केसीबाट गरिएको थियो ।

खेलकुद मैदानको प्राविधिक स्टिमेट अनुसार १ करोड ५० लाख ९९० रुपैयाँको कुल लागतमा सम्पन्न गर्ने भनिएको थियो । स्वार्गीय आशबरी राईको नाममा रहेको करिब दश रोपनी क्षेत्रफलको जग्गा निशुल्क रुपमा खेलकुद मैदानको नाममा प्राप्त भएपछि निर्माण कार्य थालनी गरिएको थियो ।

खेलकुद मैदान निर्माणका लागि २०७१ सालमा संसदीय कोषबाट रु. १० लाख र त्यसपछि दुई वर्ष सरकारले ५÷५ लाख रुपैयाँको दरले बजेट विनियोजन गरेको थियो । त्यसरी तीन वर्षमा विनियोजित जम्मा २० लाख रुपैयाँ बजेटबाट ग्याबिन वाल लाउने तथा सम्याउने कामलगायतको भएपनि त्यसयता खेलकुद मैदान निर्माणको योजना अलपत्र अवस्थामा रहेको निर्माण उपभोक्ता समितिका अध्यक्ष शंखर राईको भनाइ छ ।

प्रकाशित मिति : आईतवार, ३ श्रावण २०७८ ०८:०३
प्रतिक्रिया दिनुहोस्
24/7 Live Streamživé statistikyinformazioni Crazy TimeCoin Flip bonusvanliga frågorwatch live statsRoyal Reels mobileWingaga CZ