आन्तरिक एकता बलियो हुनुपर्नेमा कांङ्ग्रेस सोलुखुम्बुका नेताहरुको जोड

काठमाडौं – नेपाली कांङ्ग्रेस सोलुखुम्बुका नेता प्रकाशसिंह कार्कीले अबको अधिबेशनमा सबैलाई समेटेर अगाडि बढ्नुपर्ने बताएका छन् ।
सोलुदुधकुण्ड नगरपालिकाका नेता तथा अगुवा कार्यकर्ताहरुको काठमाडौंमा भेलालाई सम्बोधन गर्दै नेता कार्कीले अबको अधिबेशनमा योग्य नेतृत्व चयन गरि सबैलाई समेटेर जान सकेमात्रै आम निर्वाचनमा जित हासिल हुने बताए ।
कांङ्ग्रेसको उद्योग बाणिज्य विभागका केन्द्रीय सदस्यसमेत रहेका नेता कार्कीले पार्टीमा सबै क्षेत्रका व्यक्तिको उत्तिकै भुमिका हुने बताए ।
कार्यक्रममा कांङ्ग्रेस नेता आङछिरिङ शेर्पाले पार्टीको गुमेको साखलाइ बचाउन आन्तरिक एकता बलियो हुनुपर्नेमा जोड दिए । कांङ्ग्रेस महाधिवेशन प्रतिनिधि रामबहादुर बस्नेतले अघिल्लो महाधिवेशनमा आफ्नो दरखास्त नै गायव पारिएको भन्दै आइन्दा यस्तो परिस्थिति आउने तर्फ सचेत हुनुपर्ने विचार व्यक्त गरे ।
कांङ्ग्रेस नेताहरु डोल्मा तामाङ, निमा शेर्पा, मनोज खड्का, तेजनारायण श्रेष्ठ, नैनबहादुर कार्कीलगायतले अधिवेशन केन्द्रीत विचार व्यक्त गरे । अन्य वक्ताहरुले कांङ्ग्रेस सोलुको बलबहादुर केसी र आङगेलु शेर्पा समूहबीच एकताको सुत्र पहिचान गर्नुपर्ने बताए ।