Logo

काठमाडौंको निषेधाज्ञा एकसाता लम्बियो, आजदेखि निषेधाज्ञा अनुगमनमा कडाइ (आदेशसहित)


काठमाडौं । कोभिड-१९ संक्रमण रोकथामका लागि काठमाडौं उपत्यकामा जारी निषेधाज्ञालाई थप एकसाता लम्बाइएको छ । उपत्यकाका तीनै जिल्ला प्रशासनको संयुक्त बैठकले साउन २७ गते मध्यरातसम्म निषेधाज्ञा थप्ने निर्णय गरेको हो ।

तीनै सीडीओले निषेधाज्ञा अनुगमनलाई कडा बनाउने निर्णय समेत गरेका छन् । सार्वजनिक स्थानमा मास्क नलगाउनेलाई जरिवाना गर्ने र भीडभाड गर्नेलाई कानूनी कार्वाही गर्ने निर्णय भएको काठमाडौंका सीडीओ कालिप्रसाद पराजुलीले जानकारी दिए ।

अन्य आदेश भने साविककै कायम रहने निर्णय पनि प्रशासनले गरेका छन् । सुरक्षा निकायले नै निषेधाज्ञाको अनुगमन गर्ने भएका छन् । अहिलेको जारी निषेधाज्ञा साउन २० गते मध्यरातसम्म कायमै छ । एकसाताको संक्रमणको परिस्थिती हेरेर निषेधाज्ञाबारे थप निर्णय गरिने प्रमुख जिल्ला अधिकारीहरुले जनाएका छन् ।

प्रकाशित मिति : मंगलवार, १९ श्रावण २०७८ १६:५५
प्रतिक्रिया दिनुहोस्