Logo

काङ्ग्रेस सोलुखुम्बुको चुनाव: बस्नेतद्वय र शेर्पा मैदानमा, ८८० मत खस्यो !


सोलुखुम्बु : नेपाली काङ्ग्रेस सोलुखुम्बुको कार्यसमिति चयनका लागि सदरमुकाम सल्लेरी स्थित जिल्ला समन्वय समितिको प्राङ्गणमा भएको मतदानमा ८८० मत खसेको छ । पार्टीको १४औ जिल्ला अधिबेशन अन्तर्गत बिहिवार दिउँसो २ बजेबाट सुरु भएको मतदान राति १२ बजे सकिएको निर्वाचन समितिले जनाएको छ ।

निर्वाचन अधिकृत कैलाश गुरुङकाअनुसार मतगणना शुक्रबार बिहान ८ बजेबाट सुरु हुनेछ । नेपाली कांग्रेस सोलुखुम्बुको प्रदेश सभा ‘क’ मा ४६३ जना र प्रदेश सभा ‘ख’ मा ४६१ जना गरी ९२४ जना क्षेत्रीय प्रतिनिधि(मतदाता) रहेका छन् । क्षेत्रीय अधिबेशनको प्रदेश सभा “क” मा ४६३ मध्ये ४३६ र “ख”मा ४६१ प्रतिनिधि मध्ये ४३२ मत गरि कुल ८६८ मत खसेको थियो ।

सभापतिका लागि नेताहरु विनोद कुमार बस्नेत, नाम्गेल जाङबु शेर्पा र राम बहादुर बस्नेतको उम्मेद्वारी छ । नेता विनोद बस्नेत पुर्वमन्त्री बलबहादुर केसी निकटका हुन् भने नेता नाम्गेल जाङ्बु शेर्पा र राम बहादुर बस्नेत पुर्व जिल्ला सभापति आङगेलु शेर्पा निकटका मानिन्छन् ।

प्रकाशित मिति : शुक्रबार, ३ मंसिर २०७८ ०७:४०
प्रतिक्रिया दिनुहोस्