Logo

माप्य दुधकोशी गाउँपालिकामा माओवादी केन्द्रमा प्रबेश गर्नेको लहर, ४ नम्बर वडा सम्मेलन सम्पन्न


सोलुखुम्बु । नेपाल कम्यूनिष्ट पार्टी (माओवादी केन्द्र), माप्य दुधकोशी गाउँपालिका वडा नम्बर ४ ले आफ्नो प्रथम सम्मेलन सम्पन्न गरेको छ । माओवादी केन्द्रका जिल्ला समन्वय सचिव तथा थुलुङ दुधकोशी गाउँपालिकाका अध्यक्ष असीम राईको प्रमुख आतिथ्यमा वडा कार्यालय, काँकुमा मंगलबार सम्मेलन सम्पन्न भएको हो । सम्मेलनले विषण राईको अध्यक्षतामा २९ सदस्यीय वडा समिति र आशिस राईको अध्यक्षतामा ५२ सदस्यीय वाईसीएल नेपालको वडा समिति सर्वसम्मत चयन गरेको छ ।

कार्यक्रममा नेकपा एमाले र नेपाली कांग्रेसलाई परित्याग गरि सयभन्दा बढिले माओवादी केन्द्रमा प्रवेश गरेका छन् । पार्टी प्रवेश गर्नेहरुमा मुगाधन राई, छवीरमान राई, सीता राई, रमेश राईलगायत एमालेका प्रभावशाली स्थानीय नेताहरुको रहेको गाउँपालिकाका सह–इन्चार्ज भक्त बहादुर राईले जानकारी गराए । त्यसैगरि नेपाली कांग्रेसबाट पार्टी परित्याग गरि प्रवेश गर्नेहरुको संख्या उल्लेख्य रहेको पनि उनले बताए ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि असीम राईले आफ्नो पार्टीका समर्थक वा कार्यकर्ताहरुलाई कदृष्टिले हेर्न कसैलाई छुट नरहेको बताए । ‘नेकपा (माओवादी केन्द्र)का समर्थक वा कार्यकर्ता कसैलाई पनि कुदृष्टिले नहेरियोस्’ राईले भने, ‘हामीसँग गर्ने हो भने स्वतन्त्र रुपमा प्रतिस्पर्धा गर्नुहोस् । अन्यथा हामी जस्तोसुकै कदम चाल्न बाध्य र तत्पर हुनेछौं ।’ राईले सोलुखुम्बुमा मात्रै होइन नेकपा एमाले आगामी निर्वाचनबाट देशव्यापी रुपमा बढारिने बताउँदै माप्यमा भइरहेको हर्कत बन्द गर्न चेतावनी समेत दिएका थिए । त्यसैगरि सोलुखुम्बुकै असक्षम जनप्रतिनिधि माप्यमा रहेको भन्दै राईले समाजवादी समृद्धिका लागि आगामी नर्विाचनमा नेकपा (माओवादी केन्द्र)का उम्मेद्वारहरुलाई वजियी गराउन अपील समेत गरेका थिए ।

त्यसैगरि कार्यक्रममा नेकपा (माओवादी केन्द्र), जिल्ला समन्वय समितिका कार्यालय सदस्य तथा माप्य दुधकोशीका इन्चार्ज गौरब राईले नेकपा हुँदा पनि आफू त्यहाँको नेतृत्व रहेको र आफूले सामुहिक हित सोंचेको भए पनि एमाले गुटले स्वार्थको राजनीति गरेको बताए । ‘हामीले हरेक समय सिंगो पार्टी र समाजको हितमा काम गर्ने कोशिस ग¥यौं । तर एमाले गुटले आफ्नो स्वार्थबाहेक केही पनि सोचेन’ राईले भने, ‘हामीले नेकपा एमालेभत्रिका जनप्रतिनिधिहरुको आन्तरिक मुद्दा मिलायौं । हामीलाई मुद्दा मिलाउनमै धेरै समय लाग्यो ।’

कार्यक्रममा बोल्दै माओवादी केन्द्रका कार्यालय सदस्य तथा कार्यालय सचिव गणेश कुमार राई ‘वसन्त’ले विभिन्न जिल्लाका मालपोतहरुमा माप्यका जनप्रतिनिधिहरुको नाममा अत्याधिक जग्गा कारोबार भएको भेटिएको भन्दै प्रश्न गरे– ‘जननिर्वाचित जनप्रतिनिधिहरुले जग्गा दालाली गर्ने हो की नागरिकहरुको सेवा ?’ राईले थपे ‘सर्वसाधारणले फोन गर्दा गाउँपालिका अध्यक्षको मोवाइल हमेशा अफ हुन्छ । फोन लागिहाले पनि रिसिभ हुँदैन । किनरहेछ भन्दा उनी जग्गा दलालीमा व्यस्त रहेछन् ।’

त्यसैगरि माप्य दुधकाशी गाउँपालिकाका सह–इन्चार्ज भक्त बहादुर राईले आफूहरु सुतिरहेको बाघ भएको बताए । आगामी दिनमा जुनसुकै प्रकारको कदम चाल्न पछि नपर्ने भन्दै उनले भने ‘हामी सुतेको बाघ थियौं । सुतेको बाघलाई चलाएर नेकपा एमालेलगायतका साथीहरु राम्रो गर्नुभएको छैन ।’
गाउँपालिका अध्यक्ष प्रकाश खालिङले माप्यमा माओवादी केन्द्रप्रति आम नागरिकहरुको आकर्षण बढ्दो रहेको र भ्रष्टाचारमा चुर्लुम्म डुबेको जनप्रतिनिधिले गाउँपालिकालाई समृद्ध बनाउन नसक्ने बताए ।

‘अहिलेका जनप्रतिनिधी भ्रष्टाचारमा चुर्लुम्मै डुबेको छ । अब यसको अन्त्य, संघीयताको सही अभ्यास र सिंगो गाउँपालिकाको समृद्धिका लागि आगामी निर्वाचनमा नेकपा (माओवादी केन्द्र)लाई विजयी गराउन अपरिहार्य छ’, खालिङले भने ।

कार्यक्रममा प्रमुख अतिथि असीम राईले वडा कार्यालयको उद्घाटनसमेत गरेका थिए ।

प्रकाशित मिति : मंगलवार, ३० कार्तिक २०७८ ०८:०२
प्रतिक्रिया दिनुहोस्
24/7 Live Streamživé statistikyinformazioni Crazy TimeCoin Flip bonusvanliga frågorwatch live statsRoyal Reels mobileWingaga CZ