Logo

माओवादी केन्द्र सोलु-काठमाडौं सम्पर्क समितिमा जमरकट्टेल नेतृत्वको नयाँ टिम, गाउँपालिका सम्पर्क समिति पनि गठन


डोल्मा राई
काठमाडौं, ४ मंसिर २०७८ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) सोलुखुम्बु काठमाडौं सम्पर्क समन्वय समितिको अध्यक्षमा सुरेशबाबु जमरकट्टेल निर्वाचित हुनुभएको छ । शनिबार काठमाडौंको चावहिलमा सम्पन्न समितिको सम्मेलनले कट्टेलको अध्यक्षतामा नयाँ कार्यमिति सर्वसम्मत रुपमा चयन गरेको हो ।
निर्वाचन समितिका संयोजक आङदावा शेर्पाकाअनुसार नयाँ कार्यसमितिको उपाध्यक्षमा विष्णु राई, लक्ष्मण कार्की र खरिजङ (सरद) राई चयन हुनुभएको छ भने सचिवमा विनोदमणी राई, सहसचिवमा रग्बा शेर्पा र कोषाध्यक्षमा सिर्जना राई निर्वाचित हुनुभएको छ ।

सदस्यहरुमा संगीता बस्नेत (कार्की), सौमान राई, लाक्पा सोनाम शेर्पा, दुर्गाप्रसाद राई, बलबहादुर राई, जयराम थापा, दिया राई, श्याम कार्की, गौतम तामाङ, प्रविण राई, आसपुरण राई, प्रभुराम राई, मोतिराम राई, अनिता राई, निमसाङ राई, नौबहादुर राई, कुन्जनी राई, प्रतिभा राई, थिरराज राई, साधिका कुलुङ, अम्बिर कुलुङ, समिप कुलुङ, बसन्त राई, चन्द्र राई र पवित्रा राई निर्वाचित हुनुभएको छ ।

गाउँपालिका सम्पर्क समिति

यसैबीच, सोलुखुम्बु जिल्लाको खुम्बु पासाङल्हामु गाउँपालिका र सोलु दुधकुण्ड नगरपालिकाबाहेक ५ वटा वटा स्थानीय तहकोसमेत सम्पर्क समन्वय समिति गठन गरिएको छ । प्रत्येक स्थानीय तहको निर्वाचन समितिमार्फत गरिएको निर्वाचन कार्यक्रम अघि बढाइएको थियो ।

सोअनुसार माप्य दुधकोशी गाउँपालिका काठमाडौं सम्पर्क समन्वय समितिमा पासाङकाजी शेर्पा अध्यक्ष रहेको २९ सदस्यीय नयाँ कार्यसमिति निर्वाचित गरिएको छ । समितिको उपाध्यक्षमा मेरे कार्की र प्रभात राई (चतुरमान), सचिवमा हेमप्रसाद राई, सहसचिवमा मिलन राई र कोषाध्यक्षमा डोल्मा राई निर्वाचित हुनुभएको छ ।

थुलुङ दुधकोशी गाउँपालिका काठमाडौं सम्पर्क समन्वय समितिमा हरी राई नेतृत्वको समिति निर्वाचित हुनुभएको छ । समितिको उपाध्यक्षमा छिरिङडोमा राई, सचिवमा शिव कुमार राई, सहसचिवमा दिनेश कार्की, कोषाध्यक्षमा सुर्य कुमार राई चयन हुनुभएको छ ।

त्यस्तै महाकुलुङ गाउँपालिका काठमाडौं सम्पर्क समन्वय समितिमा उत्तम कुलुङको नेतृत्वमा २९ सदस्यीय नयाँ समिति चयन गरिएको छ । समितिको उपाध्यक्षमा फुलमाया कुलुङ र टंकराम कुलुङ, सचिवमा रिपन कुलुङ, सहसचिवमा प्रमिस कुलुङ र कोषाध्यक्षमा मान जंग कुलुङ चयन हुनुभएको छ ।

लिखुपिके गाउँपालिका काठमाडौं सम्पर्क समन्वय समितिमा रञ्जना बस्नेतको अध्यक्षतामा नयाँ समिति गठन गरिएको छ । सो समितिको उपाध्यक्षमा अभिषेक बस्नेत, सचिवमा प्रवेशराज राई, सहसचिवमा सरस्वती बस्नेत र कोषाध्यक्षमा सकुन्तला कार्की निर्वाचित हुनुभएको छ ।

नेचासल्यान गाउँपालिका काठमाडौं सम्पर्क समन्वय समितिमा दिपक कटेलको नेतृत्वमा नयाँ समिति गठन गरिएको छ । जसमो उपाध्यक्षमा हुतराज बास्तोला (मिलन), सचिवमा देब बस्नेत, सहसचिबमा जीवन कट्टेल, कोषाध्यक्षमा केदार कट्टेल निर्वाचत हुनुभएको छ ।
त्यसैगरी सोताङ गाउँपालिका काठमाडौं सम्पर्क समन्वय समितिमा अध्यक्षमा संकर तामाङ निर्वाचित हुनुभएको छ भने उपाध्यक्षमा पञ्चराज राई, सचिवमा सुदिप राई, सहसचिवमा सम्झना राई र कोषाध्यक्षमा जतिमाया राई निर्वाचित हुनुभएको छ ।

सम्पर्क समन्वय आयोजक समिति संयोजक अनिल राईको अध्यक्षता तथा पार्टी केन्द्रीय सदस्य तथा सोलुखुम्बु जिल्ला ईन्चार्जसमेत रहनुभएका प्रतिनिधि सभा सदस्य हेमकुमार राई (सुरबीर)को प्रमुख आतिथ्यतामा सम्पन्न सम्मेलन उद्घाटद समारोहमा सोलुखुम्बु जिल्ला समन्वय समिति संयोजक कज्र्याङ शेर्पा, प्रदेश समिति सदस्यहरु धु्रब पराजुली र सागर किराती, जिल्ला समन्वय समितिका सचिव असिम राईलगायतको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : शनिबार, ४ मंसिर २०७८ २१:१९
प्रतिक्रिया दिनुहोस्
24/7 Live Streamživé statistikyinformazioni Crazy TimeCoin Flip bonusvanliga frågorwatch live statsRoyal Reels mobileWingaga CZ