Logo

कांग्रेस सोलुखुम्बुको सभापतिका लागि मंसिर १४ गते पुनः निर्वाचन


सोलुखुम्बु – नेपाली कांग्रेस सोलुखुम्बुको सभापति पदमा पुनः निर्वाचन हुने भएको छ । तीन जना सभापतिको उम्मेद्वार रहेकोमा बढी मत ल्याउने उम्मेदवारद्वय विनोद बस्नेत र नाम्गेल जाङबु शेर्पाबीच मंसिर १४ गते पुनः निर्वाचन हुने भएको हो ।

कांग्रेसको विधान अनुसार दुईभन्दा बढी सभापति पदको उम्मेदवार भएमा तीमध्ये बढी मत ल्याउने दुई उम्मेदवारबीच पुनः निर्वाचन गराईनेछ । सभापति पदमा रामचन्द्र पौडेल समूहबाट विनोद बस्नेत उम्मेदवार थिए । उनले ४ सय २८ मत ल्याए । बस्नेत कांग्रेस सोलुखुम्बुका वर्तमान सभापतिसमेत हुन् ।

त्यस्तै देउवा समूहबाट उम्मेदवार बनेका नाम्गेल जाङबु शेर्पाले ४ सय १८ मत ल्याए । देउवा समूहबाटै बागी उम्मेदवार बनेका रामबहादुर बस्नेतले जम्मा ५ मत ल्याएका थिए । झिनो मतसँगै उनी दोस्रो प्रतिस्पर्धाबाट बाहिरिएका छन् । जम्मा ९ सय २४ मध्ये ८ सय ८२ मत खसेकोमा विनोद बस्नेतको ९ मत र नाम्गेल जाङबुको २७ मत बदर देखिएको छ ।

सभापतिका उम्मेदवार नाम्ग्याल जाङबु शेर्पा सोलुदुधकुण्ड नगरपालिकाका मेयरसमेत हुन् । जिल्ला कार्यसमितिका पदाधिकारी र महाधिवेशन प्रतिनिधिमा भने मिश्रित परिणाम आएको छ ।

प्रकाशित मिति : मंगलवार, ७ मंसिर २०७८ १८:५९
प्रतिक्रिया दिनुहोस्