Logo

गायक पूर्ण राईले सोलु पुगेर सार्वजनिक गरे आफ्नो दुई नयाँ गीत


सोलुखुम्बु । गायक पूर्ण राईले आफ्नो जन्मभूमि सोलुखुम्बु पुगेर दुई वटा नयाँ गीत सार्वजनिक गरेका छन् । स्टार यूथ क्लबले सदरमुकाम सल्लेरीमा आयोजित सांगीतक साँझमा प्रस्तुति दिदैं गायक राईले हिमालको देश र दिलवाली बोलको आफ्नो नयाँ गीत गाएर सार्वजनिक गरेका हुन् ।

हजारौं दर्शकको उपस्थितिबीच भएको साँगीतिक साँझमा उनले सोलुखुम्बु साच्चै रमाइलो, यत्ति नजिक नआउँ तिमीलगायत आधा दर्जन आफ्नै गीत गाएर दर्शकलाई भव्य नचाएका थिए ।

उनले आफ्नो प्रस्तुति दिने क्रममा दुईटै गीत औपचारिक रुपमा सार्वजनिक नगरिएको र आफ्नै जन्मभूमिले माया गरेर दिएको स्टेजमा सार्वजनिक गर्न पाउँदा निक्कै खुशी लागेको बताएका थिए ।

गायक राईको लागि अर्को पनि संयोग परेको छ, त्यो हो उनको ‘जन्मदिन’ । जबकी, स्टेज चढेर गीत गाउँनु घि उनलाई दर्शकदिर्घबाट ‘ह्याप्पी बर्थडे टु यू ‘भन्दै बर्थ डे वीस गरेका थिए ।

सोलुखुम्बुको माप्य दुधकोशी २, राप्छामा जन्मिएका उनी दुई दशक लामो समयदेखि सांगीतिक क्षेत्रमा व्यस्त छन् । ‘देल्कम् हेङ् मोओ रैछ’ बोलको खालिङ गीतका गायक राईको पहिलो भेट, हल्का हल्का तिम्रो, पारी पाखा पहिरो, तिमी आकाशको जुन, निष्ठूरी मन, आमा हुनलाईलगायत दर्जनौ हिट गीत छन् ।

त्यत्तिमात्रै होइन, सबैभन्दा अग्लो स्थानमा छायांकन गरिएको म्यूजिक भिडियोको गायकको रुपमा ‘गीनिज बुक अफ वल्ड रेकर्ड’मा नाम लेखाउन सफल गायकसमेत हुन् उनी ।

उक्त सांगीतक साँझमा चर्चित गायक प्रताप दास, गायिका अस्मिता अधिकार, जादुगर शेरबहादुर गुरुङ, हास्य कलाकार कैलास कार्की, उदियमान गायक कुमार प्रयास, खगेन्द्र राई, मनराज बाहिङ संगम खालिङ, नृत्यांगना सिर्जना किरातीलगायतको बेजोड प्रस्तुति रहेको थियो ।

#पूर्ण_राई

प्रकाशित मिति : बुधबार, ८ मंसिर २०७८ २२:३०
प्रतिक्रिया दिनुहोस्
24/7 Live Streamživé statistikyinformazioni Crazy TimeCoin Flip bonusvanliga frågorwatch live statsRoyal Reels mobileWingaga CZ