Logo

यूवा आफैमा शक्ति र सामर्थ्य हो, त्यसको सही सदुपयोगबाट मात्रै निर्माण र सम्बृद्धिको काम पूरा हुन्छ : अध्यक्ष असिम राई


तस्वीरः वीजे लुक्ला

माओवादी केन्द्र प्रदेश सदस्य तथा थुलुङ दुधकोशी गाउँपालिकाक जननिर्वाचित अध्यक्ष असिम राईले माओवादीले मात्रै देशको विकास गर्न सक्ने बताएका छन् । नेपाल कम्युनिस्ट पाटी (माओवादी केन्द्र) निकट वाइसीएल नेपाल र अनेरास्ववियु (क्रान्तिकारी) देउसाद्वारा संयुक्त रुपमा आयोजित अन्तर जिल्ला वडास्तरीय खुल्ला महिला तथा पुरुष भलिबल तथा देउसा सिङ्गिङ आइडल र देउसा डान्स स्टारको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन् ।

अध्यक्ष राईले यूवाहरु आफैमा शक्ति र सामाथ्र्य भएको बताउँदै त्यसको सही सदुपयोगमार्फत विकास निर्माण तथा सम्बृद्धिका काम गर्नुपर्नेमा जोड दिए ।

‘हामीलाई थाहा छ संसार बदल्ने तागत यूवाहरुले राख्दछन्, यूवाहरु आफैमा शक्ति र यूवाहरु आफैमा सामाथ्र्य हुन, त्यसलाई सही तरिकाले सदुपयोग गर्यो भने जरुर विकास निर्माण र सम्बृद्धिको काम सम्पन्न हुन्छ’ अध्यक्ष राई भन्छन्, ‘तर यूवा शक्तिलाई ह्याण्डल गर्न सकेन भने त्यसले विनास गर्छ । सोलुखुम्बु जिल्लामा माओवादी, कांगे्रस र एमाले नेतृत्वलाई फर्केर हेर्नुस्, सबै यूवाहरुलाई उत्तिकै संरक्षण गर्ने, आफ्नो क्षमताको आधारमा सबै मञ्चहरुमा, सबै ठाउँहरुका अवसर दिने एउटै पार्टी भनेको माओवादी केन्द्र मात्रै हो ।’

अध्यक्ष राईले भाषणमा नभएर व्यवहारत पार्टी यूवाहरुको लागि अग्रसर रहेको बताए । ‘तपाईलाई यत्तिकै भनिरहेका छैनौं । हाम्रो पार्टी कमिटीमा आबद्ध साथीहरुलाई हेर्नुस्, उमेर समुहको हिसाबले ती साथीहरुलाई हेर्नुस्’ उनले अगाडि भने ‘सरकार र सत्ताबाट प्राप्त हुने अवसरको समुचित वर्गीकरण र वाँडफाँड गर्ने कुरामा संघीय माननीयको उमेर हेर्नुस्, हाम्रो उमेर हेर्नुस् । सबै तप्कामा यूवाहरुको क्षमताअनुसारको संरक्षण गर्न सक्ने पार्टी माओवादी केन्द्र मात्रै हो । आज आफ्नो विधानलाई संसोधन गरेर माओवादी पार्टीले कम्तिमा प्रत्येक कमिटीमा २० प्रतिशत यूवाहरुको ग्यारेन्टी गरेको छ । ३५ प्रतिशत महिलाहरुको ग्यारेन्टी गरेको छ । उत्पीडित जाति विशेषगरी दलितहरुको संरक्षण गरेको छ यो पार्टीले । त्यो हिसाबले सोलुखुम्बु जिल्लामा यदी यूवाहरुको संरक्षण कुनै पार्टीले गर्छ भने हो त्यो माओवादी पार्टीले मात्रै गर्छ । कुनै व्यक्तिले गर्छ भने त्यो माओवादी पार्टीको नेतृत्वले गर्छ ।’

एक अर्को प्रसंगमा उनले थुलुङ दुधकोशी गाउँपालिकाले सम्बृद्धिको आधार तयार गरिसकेको बताए । उनले आफ्नो कार्यकालमा गाउँपालिकाको विकास निर्माणका लागि अगाडि बढाएको कार्यक्रमिक एजेण्डाको चर्चासमेत गरेका थिए ।

प्रकाशित मिति : बिहीबार, १ पुष २०७८ १८:३८
प्रतिक्रिया दिनुहोस्
24/7 Live Streamživé statistikyinformazioni Crazy TimeCoin Flip bonusvanliga frågorwatch live statsRoyal Reels mobileWingaga CZ