Logo

सोलुखुम्बुमा कांग्रेस पार्टीलाई एक ढिक्का बनाएर लैजाने सभापति शेर्पाको दाबी


काठमाडौं – नेपाली कांग्रेस सोलुखुम्बुका सभापति नाम्गेल जाङबु शेर्पाले जिल्लामा पार्टीलाई एक ढिक्का बनाएर लैजाने दाबी गरेका छन् । टाक्सिन्दु–काठमाण्डौ सम्पर्क समिति गठन कार्यक्रमलाई सम्बोधन गर्दै सभापति शेर्पाले आन्तरिक प्रतिस्प्रर्धाबाट पराजित र अवसरबाट बन्चित हुँदा मन दुखाएका साथीहरुलाई एक ढिक्का बनाएर आगामी निर्वाचन केन्द्रित अभियान शुरु गर्ने बताएका हुन् ।

‘घरभित्रको प्रतिस्पर्धा हो’ उनले भने, ‘कुनै पक्षको हारजित भन्दा पनि कांग्रेसीको जित भएको छ । मिलेर आगामी निर्वाचनमा विजय हासिल गर्नुछ । सबै साथीहरुलाई जिम्मेवारी दिएर मिलाएर निर्वाचनमा होमिन तयार छु । अबको मिसन पनि त्यहि हुनुपर्छ ।’

पार्टीको १४ औँ महाधिबेशनमा पुस्तान्तरणको मिसन पुरा भएको र कांग्रेसको गतिशीलतामा सबैको ध्यान जानुपर्ने बताए । समूहमा विभाजित नेताहरुलाई एक ठाउँमा ल्याएर कांग्रेसलाई गतिशील बनाउने र आगामी निर्वाचनमा जिल्ला कांग्रेसमय बनाउने आफ्नो मिसन रहेको बताए ।

source by himalsamachar

प्रकाशित मिति : शनिबार, ३ पुष २०७८ २२:३६
प्रतिक्रिया दिनुहोस्