Logo

एमसीसी संसदमा नल्याउन प्रधानमन्त्रीलाई प्रचण्डको आग्रह


सत्तारुढ गठबन्धनको एक घटक माओवादी केन्द्रले एमसीसी सम्झौता संसद बैठकमा पेश नगर्न सरकारलाई आग्रह गरेको छ।

सत्तारुढ गठबन्धनको आजको बैठकमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो पार्टीको राष्ट्रिय सम्मेलन अगाडि संसदमा एमसीसी प्रस्ताव पेश नगर्न आग्रह गर्नु भएको हो ।

पार्टीको राष्ट्रिय सम्मेलनअघि संसद बैठकमा एमसीसी प्रस्ताव पेश नहुने प्रचण्डको धारणा रहेको उहाँका स्वकीय सचिव रमेश मल्लले जानकारी दिए ।

प्रधानमन्त्री देउवा माओवादी प्रचण्डको प्रस्तावमा सकारात्मक रहेको माओवादीका एक नेताले जनाएका छन् । प्रधानमन्त्रीसमक्ष एक चरण कुरा भए नि थप छलफल आजको सर्वदलीय बैठकमा हुने उनको भनाइ छ ।

माओवादी केन्द्रले पुसको ११ देखि १३ गतेसम्म राष्ट्रिय सम्मेलन गर्दैछ ।

प्रकाशित मिति : आईतवार, ४ पुष २०७८ १७:३६
प्रतिक्रिया दिनुहोस्
24/7 Live Streamživé statistikyinformazioni Crazy TimeCoin Flip bonusvanliga frågorwatch live statsRoyal Reels mobileWingaga CZ