Logo

अनलाइन पत्रकार संघमा सापकोटा नेतृत्वको नयाँ कार्यसमिति


काठमाडौं : नेपाल पत्रकार महासंघको एसोसिएट संस्था अनलाइन पत्रकार संघ नेपालको नयाँ नेतृत्व चयन भएको छ ।

शनिबार सम्पन्न संघको ११ औं साधारणसभाले डिल्लीप्रसा सापकोटाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो ।

संघको उपाध्यक्षमा गोविन्द अधिकारी, सचिव गोविन्द मरासिनी, कोषाध्यक्षः निर्दोष घोरसाइने निर्वाचित भएका छन् । सदस्यमा रविराज बराल, प्रजु पन्त र अमृत पौडेल निर्वाचित भएका छन् ।

प्रकाशित मिति : शनिबार, १७ पुष २०७८ २०:४४
प्रतिक्रिया दिनुहोस्