Logo

माओवादी केन्द्रको केन्द्रीय सदस्यमा सोलुखुम्बुबाट दोहोरिए राई र बस्नेत, केन्द्रीय सदस्य बन्न नसकेको बारे यसो भन्छन् शेर्पा !


काठमाडौं – नेकपा (माओवादी केन्द्र)को केन्द्रीय सदस्यमा सोलुखुम्बु जिल्लाबाट हेम कुमार राई ‘सुरवीर’ र शिव बहादुर बस्नेत ‘राजेन्द्र’ दोहोरिएका छन् । आईतवार काठमाडौंमा सम्पन्न पार्टिको आठौँ महाधिबेशन बन्दसत्रमा अध्यक्ष प्रचण्डद्वारा घोषित केन्द्रीय समितिमा खुलाबाट जनजाती यूवा क्लस्टरबाट राई र खुल्लातर्फबाट बस्नेत सर्बसम्मत निर्वाचित भएका हुन् ।

दुबै नेता यसअघि पनि पार्टिको केन्द्रीय सदस्य थिए । सोलुखुम्बुका प्रतिनिधिसभा सदस्यसमेत रहेका राईले यसअघि जिल्ला इन्चार्जको जिम्मेवारीसमेत सम्हालेका थिए । राई नेचासल्यानका हुन् भने बस्नेत लिखुपिकेका हुन् ।

केन्द्रीय सदस्यमा माओवादी केन्द्रको जिल्ला समन्वय समिति सोलुखुम्बुका संयोजक गोम्बु शेर्पाले पनि दाबी गरेका थिए । तर, नयाँ केन्द्रीय समितिमा पुरानैलाई प्राथमिकता दिँदा उनी परेनन् ।

पूरानो केन्द्रीय सदस्य कोही हट्न नमानेको कारणले मात्र नभएर अहिलेलाई पार्टीको आन्तरिक र बाहिरी संकट विरुद्ध एकताबद्ध भएर लड्नको लागि पनि पूरानो केन्द्रिय समितिलाई एक कार्यकालको लागि यथावत राखेर सहमतिमै समिति गठन गरेर जानुपर्ने बाध्यताले गर्दा समितिमा आफु पर्न नसकेको उल्लेख गर्दै शेर्पाले केन्द्रीय समितिमा नरहेपनि माओवादी केन्द्र पार्टी निर्माण अभियानमा अझ बढी उर्जा ,जोश र जाँगरकासाथ निरन्तर कृयाशील रहने प्रतिबद्धता व्यक्त गरेका छन् ।

केन्द्रीय समिति घोषणापछि शेर्पाले निर्वाचित केन्द्रीय सदस्यहरुलाई बधाई दिदै फसबुकमा यस्तो लेखेका छन्:
हाम्रो पार्टी नेकपा(माओवादी केन्द्र)को ८औं राष्ट्रिय महाधिवेशनबाट पुनः केन्द्रीय सदस्यमा निर्वाचित हुनुभएकोमा सोलुखुम्बुका नेताद्वय क. हेमकुमार राई(सुरबीर) र क.शिव बहादुर बस्नेत(राजेन्द्र) सहित नवनिर्वाचित सिंगो केन्द्रीय समितिलाई हार्दिक बधाइ तथा कार्यकाल सफलताको शुभकामना व्यक्त गर्दछु। पूरानो केन्द्रीय सदस्य कोही हट्न नमानेको कारणले मात्र नभएर अहिलेलाई पार्टीको आन्तरिक र बाहिरी संकट विरुद्ध एकताबद्ध भएर लड्नको लागि पनि पूरानो केन्द्रिय समितिलाई एक कार्यकालको लागि यथावत राखेर सहमतिमै समिति गठन गरेर जानुपर्ने बाध्यताले गर्दा समितिमा नयाँ अनुहारहरू कम मात्रै आएको र हामीलाई केन्द्रीय समितिमा देख्न चाहने धेरै समर्थक शुभचिन्तकहरूको चाहना पनि अहिलेलाई अधुरै रहेको जानकारी गराउदछु। तपाईंहरूको चाहना पूरा गर्न नसकेकोमा क्षमाप्रार्थी छु र तपाईंहरू कोही पनि एक रति विचलित नहुन विनम्र अनुरोध गर्दछु।पार्टीमा बिचार उद्देश्य प्रधान हो र पद सहायक हो । केन्द्रीय समितिमा नरहे पनि माओवादी केन्द्र पार्टी निर्माण अभियानमा अझ बढी उर्जा ,जोश र जाँगरकासाथ निरन्तर कृयाशील रहने प्रतिबद्धता व्यक्त गर्दछु।

प्रकाशित मिति : आईतवार, १८ पुष २०७८ २१:४१
प्रतिक्रिया दिनुहोस्
24/7 Live Streamživé statistikyinformazioni Crazy TimeCoin Flip bonusvanliga frågorwatch live statsRoyal Reels mobileWingaga CZ